सुर्खेत, १२ असार ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा स्वास्थ्य चौकी गढीमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी गढीका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक महिला स्वास्थ्य स्वयंसेविका, सर्वसाधारण गरी ४४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा संस्थाले प्रदान गरिरहेको सेवाको गुणस्तरका बारेमा छलफल भएको छ । साथै कार्यक्रमबाट स्वास्थ्य चौकीको सुरक्षाका लागि तारबार गर्ने र प्रसुति केन्द्रको भवन निर्माण लगायतका २ वटा कार्ययोजना समेत बनेको छ । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा स्वास्थ्य चौकी गढीमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य चौकी गढीका कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक महिला स्वास्थ्य स्वयंसेविका, सर्वसाधारण गरी ४४ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका सहजकर्ता घनश्याम केसीको सहजीकरणमा सम्पन्न भएको हो ।
No comments:
Post a Comment