स्थापना दिवसमा रक्तदान

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ असार ।
    वीरेन्द्रनगर–४ स्थित पीपलबोट बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो १० औं स्थापना दिवस रक्तदान कार्यक्रम गरेर मनाएको छ । सहकारीको युवा परिचालन उपसमितिको आयोजनामा गरिएको रक्तदानमा १६ जनाले रक्तदान गरेका थिए । उपसमितिका संयोजक मनिराम भण्डारी, राजकुमार खड्का, गणेश आचार्य, विवेक पन्त, बुद्धि चपाईं, गंगाप्रसाद न्यौपाने, कृष्ण प्वारमगर, कमल गौतम, मानबहादुर बसेल, टंक थापा मगर, उत्तम सिंह, विशाल बस्याल, प्रताप सोनाम, उर्मिला महतारा, सन्तोष बस्याल र गोपालसिंह मगरातीले रक्तदान गरेका थिए ।
    यसैगरी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक हरिहरनाथ योगी, जिल्ला सहकारी संघका अध्यक्ष अमृत विसी, जिल्ला बचत संघका उपाध्यक्ष वीरबहादुर रावत,
राइनास्टर सहकारीका अध्यक्ष किरणकिशोर पन्त, भैरम सामुदायिक वनका अध्यक्ष मनिराम कँडेललगायतले समाजमा गरीवी न्यूनीकरणका लागि सहकारी संस्थाले पुर्‍याएको योगदानको सहना गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष शिवप्रसाद सापकोटाको सभापतित्वमा भएको थियो । 

No comments:

Post a Comment