सुर्खेत, २ असार ।
लायन्स क्लव अफ सुर्खेत बुलबुलेले शनिवारदेखि लायन्स सप्ताह मनाउन सुरु गरेको छ । शनिवार स्लो मोटरसाइकल ड्राइभिङको आयोजना गरी सप्ताहको सुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले समाज परिवर्तनका लागि लायन्स क्लवहरुको भूमिकाको कदर गर्दै सामाजिक कामलाई निरन्तरता दिन सुझाव दिएका थिए । कार्यक्रममा लायन्स क्लवका एशिया कोर्डिनेटर टुकाराम लामिछाने, पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले पनि बोलेका थिए ।
लायन्स क्लव अफ सुर्खेत बुलबुलेका अध्यक्ष टिकाराम चपाईको सभापतित्वमा भएको उद्घाटन सत्रमा स्लो मोटरसाइकल ड्राइभिङ प्रतियोगिताका संयोजक विजय पराजुलीले विस्तारै चलाएर पनि गन्तव्यमा पुग्न सकिने भन्ने जनचेतना जगाउन यो प्रतियोगिता गरिएको बताएका थिए । ८८ जनाको सहभागिता रहेको प्रतियोगिता मंगलगढीचोकदेखि वीरेन्द्रचोकसंग गरिएको थियो । प्रतियोगितामा चित्रबहादुर थापा प्रथम (१९.११ मिनेट), चन्द्रदेव बसेल द्वितीय (१९.०४ मिनेट), सन्तोष आचार्य तृतीय (१८.५७ मिनेट) र सान्त्वनामा सुनील पौडेल (१६.२० मिनेट) र विनोद महतरा (१५.५५ मिनेट) भएका छन् । लायन्स क्लव अफ सुर्खेत बुलबुलेले शनिवारदेखि लायन्स सप्ताह मनाउन सुरु गरेको छ । शनिवार स्लो मोटरसाइकल ड्राइभिङको आयोजना गरी सप्ताहको सुरुवात गरेको हो । उद्घाटन कार्यक्रममा सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष पदमबहादुर शाहीले समाज परिवर्तनका लागि लायन्स क्लवहरुको भूमिकाको कदर गर्दै सामाजिक कामलाई निरन्तरता दिन सुझाव दिएका थिए । कार्यक्रममा लायन्स क्लवका एशिया कोर्डिनेटर टुकाराम लामिछाने, पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले पनि बोलेका थिए ।
No comments:
Post a Comment