काँक्रेविहारमा फेरि आगलागी

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ असार ।
    काँक्रेबिहार संरक्षित बनमा शनिबार फेरि आगलागी भएको छ । दिउँसो ३ बजेतिर लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको थियो । स्थानीयबासिन्दाको सहयोगमा बौद्ध युवा क्लवले आगो नियन्त्रणमा लिएको हो । बौद्ध युवा क्लवका सदस्यहरु राजेश गुरुङ र हेमराजसिंह ठकुरी खाम्पाले आगो लागेको देखेपछि उनीहरुले क्लवमा खवर गरेका थिए ।
क्लवका सचिव भिमबहादुर गुरुङले गस्तीका क्रममा आगो लागेको देखेपछि गाउँबाट सबै गएर नियन्त्रणमा लिएको बताए । आगो नियन्त्रणमा लिन क्लवका पूर्व अध्यक्ष यादव गुरुङ, कोषाध्यक्ष राजबहादुर महतारा खाम्पालगायतका १० जना सदस्यहरु र तीन जना जिल्ला वन कार्यालयका सशस्त्र वन रक्षकहरु सहभागी थिए ।

No comments:

Post a Comment