आज साँझ एसएलसी नतिजा

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
भक्तपुर, ३१ जेष्ठ ।
रात परेपछिमात्रै नतिजा प्रकाशन गर्ने परम्परा तोड्दै यसवर्ष एसएलसी परीक्षाको नतिजा साँझ आउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस बर्षको एसएलसीको नतिजा साँझ साढे ५ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने उप नियन्त्रक अम्विकाप्रसाद रेग्मीले जानकारी दिए । नतिजा प्रकाशनका लागि साँझ ४ बजे बोर्ड बैठक बस्नेछ ।

शिक्षा सचिव, शिक्षा विभागका महानिर्देशक, पाठ्यक्रम विकास केन्द्रका निर्देशकलगायतको उपस्थितिमा परीक्षा समितिको बैठक भने मध्यान्ह बस्यो । नतिजा प्रकाशित भएपछि हुन सक्ने सम्भावित घटना रोक्न यसअघि नै सुरक्षा निकायलाई निर्देशन दिइएको छ । यसै बिषयमा छलफल गर्न मंगलबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी जितेन्द्रबहादुर भण्डारी पनिकामा पुगेका थिए ।
'आज नतिजा सार्वजनिक गर्ने तयारी छ, सुरक्षा मजबुत बनाई दिनुपर्‍यो भनेका छन्,' सुरक्षा निकायका एक अधिकारी भने । रुजु सकिएपछि कम्प्युटरमा सबै परीक्षार्थीको नम्बर ईन्ट्री गर्ने काम पनि अन्तिम चरणमा पुर्‍याइएको छ ।
यसवर्षको एसएलसी परीक्षामा नियमिततर्फ चार लाख ४५ हजार ९ सय ७४ र एक्जाम्टेड तर्फ ८२ हजार २८३ जना गरि मुलुकभरबाट कूल पाँच लाख २८ हजार २ सय ५७ परीक्षार्थी गरी ५ लाख २८ हजार २ सय ५७ जनाले परीक्षा दिएका छन् ।

No comments:

Post a Comment