सुस्मिताले पनि ‘धन्दा’ नगर्ने

   गएको मंगलवार धन्दाको स्क्रिप्ट साँच्चिकै तनाव योग्य छ जस्तो छ जसकारण फिल्मको मुख्य नेगेटिभ रोलमा छनौट गरिएका दुई अभिनेत्रीले सो फिल्म अन्तिम समयमा नखेल्ने बताएपछि धन्दा युनिट निकै तनावमा परेको बुझिएको छ । सुरुमा धन्दा युनिटले करिश्मा मानन्धरलाई फिल्मको नेगेटिभ रोलको लागि प्रश्ताव गरेको थियो जुन प्रश्तावबाट करिश्मा पनि हर्षित बनेकी थिइन् तर एक्कासी उनलाई के भयो कुन्नी उनले अमेरिका जाने बहनामा धन्दा नखेल्ने भन्दै निर्माता भाइ बाबुराम दाहालको चित्त घुमाउरो ढंगले दुखाई हालिन् ।
    बिचरा बाबुराम पनि दुखेको चित्तलाई कन्ट्रोल गर्दै भुवन केसीको पूर्वपत्नी सुस्मिता बमजनलाई करिश्माको रोलमा लिन आफ्ना निर्देशक सुदर्शन थापालाई सिफारिस गर्नपुगे । जुन सिफारिस मौखिक फाइनलमा लक भएको थियो तर एग्रिमेन्ट हुने समयमा सुस्मिताले पनि भनिदिइन्, ‘अर्को प्रोजेक्टमा काम गरौंला सुदर्शन ।’ लभर डाइरेक्टर सुदर्शन यो फिल्मबाट थ्रिलर शैलीको फिल्म मेकिङमा जुटेका छन् जुन फिल्ममा अर्पण थापा लिड रोलमा छन् । तर आफूले छनौट गरेका दुई हस्तीले फिल्म रिजेक्ट गरेका कारण उनी पनि चिन्तित छन् । उता यो बिषयमा चिन्ता आफूहरुलाई नभएको बाबुराम भन्न पछि पर्दैनन् । उनले भने, ‘कलाकारको कारणले हैन बरु लेन्स नआएकाले फिल्मको सुटिङ केही दिन सर्नु भएकाले तनाव भइरहेको छ, यस्तै ‘सुस्मिताजीसंग कुरा भा’को थियो तर किन उहाँले फिल्म खेल्न मान्नु भएन थाहा भएन ।’ पोष्टप्रोडक्सन कम्पनी सिने जोनले भित्राएको रेड एमएक्स क्यामेरा काठमाडौं भित्रिसके पनि अवश्यक लेन्स आई नसकेकाले सुटिङ रोक्न बाध्य भएको बाबुराम बताउँछन् । उता सुस्मिताले फिल्म खेल्नको लागि आफू राजि भएपनि तुरुन्त इन्डिया जानु पर्ने भएकाले धन्दा गर्न नमानेको बताएकी छिन् । रेष्टुरेण्ट व्यवसायमा ब्यस्त रहेकी उनी आकस्मिक रुपमा दिल्ली जाँदैछिन् जसकारण सुटिङ आजभोलि हुने तयारीमा रहेको सो फिल्मको काम आफ्नो कारणले रोकिने भन्दै उनले धन्दा नगर्ने निर्णय गरेको बताइन् । धन्दाको सुटिङ जेठ २५ देखि गर्ने कुरा थियो तर महिना नाघिसक्दापनि सुटिङ सुरु नभएपछि सो टिमभित्र समस्याको पोको धेरै रहेको विभिन्न अनुमान लगाइएको छ ।
    यसैगरी सुस्मिताले आउँदो भदौ महिना देखि फिल्म निर्देशनमा आफू आउने पनि घोषणा गरिन् । उनले भनिन्, ‘सम्भवत ८० प्रतिशत सम्भावना म नै डाइरेक्सनमा आउँछु भन्ने छ जसका लागि स्क्रिप्टको काम आफैले अगाडी बढाइरहेको छु ।’ सुस्मिताले डेब्यू डाइरेक्सन रहने आफ्नो फिल्मलाई भुवनको ब्यानर काजोल फिल्मसबाटै बनाउनेपनि रहस्य खोलिन् । उनले भनिन्, ‘भुवनजीसंग एक महिना अघि भएको सल्लाह अनुसार मेरो फिल्म काजोल फिल्मसबाटै बनाउने कुरा छ । हेरौं, फिल्म बनाउने बेला सम्म कुरा के हुन्छ ?’ सुस्मिताले आफूले निर्माण गर्ने फिल्ममा पढाई विग्रने भन्दै छोरो अनमोललाई हिरोको रुपमा नखेलाउने बताएकी छिन् ।


No comments:

Post a Comment