अन्तरक्रिया सम्पन्न

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १ असार ।
कृषि विकास बैंक लि. र निर्माण व्यवसायी तथा व्यापारीहरुलाई दिने सुविधावारे शुक्रवार एक अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रम निर्माण व्यवसायी संघका अध्यक्ष डम्बर बस्नेतले बैंकले दिने शर्त सुविधाका वारेमा स्पष्ट पार्न आग्रह गरेका थिएभने ओभरसियर अमरबहादुर रोकायले बैंकको आर्थिक स्थिति र बैंकको स्तरका वारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा कृषि विकास बैंकका बाजर तथा अनुसन्धान विभागका प्रमुख शिव अधिकारीले बैंकको नीति तथा कार्यक्रमका वारेमा जानकारी गराएका थिए । कार्यक्रम कृषि विकास बैंक सुर्खेतका प्रमुख लिलाध्वज बस्नेतको सभापतित्वमा भएको थियो । 

No comments:

Post a Comment