१ सय १५ वर्षमा पारापाचुके

    १ सय १५ वर्ष सुखद वैवाहिक जिवनलाई टुंगाउँदै अन्तत एक जोडीले पारापाचुके भएको छ । विश्वको सबैभन्दा लामो वैवाहिक जोडी मानिएको बीबी र पोल्दीको जोडी बुढेसकालमा आएर छुट्टिने भएको हो । एक शताब्दीभन्दा लामो दाम्पत्य जीवनका क्रममा ठाकठुक नभएपनि उत्तराद्र्धमा यो जोडीले एक अर्कालाई देख्नै नसहने गरी मनमुटाव बढेपछि अन्तत: छुट्टिन करै लाग्यो । समाचार पढ्दा अचम्म लाग्नसक्छ र पत्यार नलाग्न पनि सक्छ । तर नपत्याएर के गर्ने ? आखिर यथार्थ, यहीं नै हो । यद्यपि यो घटना कुनै मानव जोडीको भने नभएर कछुवाको जोडीको हो ।
    बीबी र पोल्दी नामका ती भाले–पोथी कछुवा अस्ट्रियाको चिडियाखानामा संगै राखिएको थियो । स्विजरल्याण्डको बासेल चिडियाखाना जन्मेका उनीहरुलाई पछि अस्ट्रियाको स्लागेनर्फमा ल्याइएको हो । तर पछिल्लो समयमा यी दुइ एक अर्कालाई सहनै नसक्ने गरी झगडा गर्न थालेपछि चिडियाखानाको व्यवव्थापकले उनीहरुलाई छुट्टाउने निर्णय गरेको हो । उनीहरु बुढेसकालमा किन झगडा गर्न थाले भन्ने कारण भने अझै पत्ता लाग्न सकेको छैन । उनीहरुबीच मिलाप होस् भने जिव विज्ञहरुले धेरै प्रयास गरेपनि सफल हुन सकेन । जिव विज्ञहरुले उनीहरु यौनक्रिडामा लिप्त भएर दुस्मनी भुलुन् भन्ने हेतुले यौनबद्र्धक औषधी पनि खुवाए, तर छिप्पिसकेका दुवैलाई त्यसले कुनै असर पारेन । (एजेन्सीबाट)

No comments:

Post a Comment