तनावलाई हराउने उपायहरु

    के तपाईं तनावपूर्ण वातावरणमा बाँचिरहनुभएको छ ? के तपाईं आफ्नो तनावबाट छुट्कारा पाउन चाहनुहुन्छ ? चिन्ता नलिनुहोस्, यसको समाधानका सरल उपाय पनि छन् । आजको युगमा सबै क्षेत्रमा गतिशीलता आएको छ । मानिसहरु आफ्नो भविष्यको लागि चिन्तित छन् । आफ्नो सुखमय र सुरक्षित भविष्य निर्माणका लागि मानिसहरु दिनरात नभनी खटिरहेका छन् । उनीहरु आफ्नो भविष्य कसरी राम्रो बनाउने भन्ने सोचाइमा बढी नै ध्यान दिने र सधैं चिन्तित रहन्छन् । तर, त्यसले कुन बेला कसरी उनीहरुको स्वास्थ्यलाई नराम्रो असर गरिरहेको छ भन्ने बारेमा विचार गर्दैनन् । तसर्थ, उनीहरुको जीवन सधैं तनावमय नै रहिरहन्छ ।
    तपाईंहरुलाई लाग्न सक्छ, यस्तो व्यस्त अवस्थामा आफ्नो मानसिक तनावलाई कसरी सन्तुलनमा राख्न सकिन्छ र ? तर, हरेक कार्यको विकल्प भएझैं यसको पनि समाधानका उपाय छन् । ती उपायलाई आफ्नो व्यवहारमा नियमितरुपमा लागू गरियो भने तनावको स्थितिलाई अवश्य पनि कम गर्नसकिन्छ ।
१) परिवार र साथीसंगको सम्बन्धमित्रता पनि औषधिकै एक रुप हो । तपाईं चिन्तित हुनुहुन्छ भने आफ्नो मनको कुरालाई लेखेर वा इमेल गरेर या फोन गरेर आफ्ना साथीभाइ या परिवारलाई बताउने गर्नसक्नुहुन्छ । यसले गर्दा तपाईंको मन हलुका हुन्छ । आफ्नो मान्छे भएको अनुभूति पनि हुन्छ र तपाईं एक्लोपनबाट बच्न सक्नुहुन्छ । अत: उनीहरुसंग दु:खका कुरा मात्रै होइन, खुशीका कुरा पनि बाँड्न सक्नुहुन्छ । सुख जति बढायो, त्यति नै बढ्छ । यसबाट तपाईं मानसिक रुपमै फुर्तिलो बन्न सक्नुहुन्छ ।
२) दैनिक शारीरिक काममा लाग्नुयात्रा गर्ने, पौडी खेल्ने, कसरत गर्ने, नृत्य गर्नेजस्ता शारीरिक कार्यमा संलग्न हुनुभयो भने पनि तपाईंले आफ्नो चिन्ताबाट छुट्कारा पाउन सक्नुहुन्छ । शारीरिक रुपमा चुस्त मानिसमा डिप्रेशन र अन्य मानसिक कमजोरीबाट बच्न सकिन्छ । त्यसैले नियमित शारीरिक कसरत मानिसको स्वास्थ्यको लागि एकदमै महत्वपूर्ण हुन्छ ।
३) हासोअवश्य पनि हांसोले सबैलाई आनन्द अनुभूति गराउँछ । यसले आफ्नो जुनसुकै चिन्तालाई केही पलकै लागि भएपनि भुलिदिन तथा कम गर्न मद्दत गर्दछ । तपाईंहरु हास्न कन्जुस्याइं नगर्नुहोस् । हास्नु आफ्नै लागि पनि फाइदाजनक छ, अरुका लागि पनि बोलीचालीलाई सुमधुर बनाउन या राम्रो वातावरण बनाउन उपयुक्त हुनसक्छ । तपाईं जोक्स सुनेर या सुनाएर, कमेडी फिल्म हेरेर, एक्लै बसेर पनि रमाइला क्षण सम्झेर हास्न सक्नुहुन्छ ।
४) पछि नहट्नुहोस् कहिले नभन्नुहोस्, म केही गर्न सक्दिनँ, मेरो उमेर गइसक्यो भनेर । तपाईंले कुनै पनि बेला जे पनि गर्नसक्नुहुन्छ । आफूमा आत्मविश्वास बढाउनुहोस् । जबसम्म आफ्नो लक्ष्य प्राप्त हँुदैन, निरन्तर प्रयास गर्नुहोस् । अरुलाई माया र दया गर्न कहिल्यै नचुक्नुहोस् । जीवनमा अरुलाई हराएर जितेको सफलताभन्दा आफूले आफैंलाई जित्न सक्नु नै सबैभन्दा ठूलो सफलता हो ।
५) पर्याप्त निन्द्रास्वस्थ मन:स्थितिका लागि पर्याप्त निन्द्राको पनि मुख्य भूमिका रहन्छ । कम्तीमा ६ देखि ८ घण्टासम्म सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ । तपाईंलाई निन्द्रा राम्ररी लाग्दैन भने केही शारीरिक काम गरेर पनि निद्रामा सुधार गर्नसक्नुहुन्छ ।
६) नराम्रो कुलत छाँडौं धेरैजसो मानिसमा भ्रम छ, चुरोट, रक्सी खानाले चिन्ता कम हुन्छ । यो बिल्कुलै गलत भनाइ हो । यस्तो बानीले झन् अस्वस्थ भइन्छ । त्यसैले यस्तो बानी छाड्नु नै उत्तम ।
७) धेरै चिन्ता नलिनेहाम्रो पुरानो भनाइ छ, धेरै चिन्ताले चितामा पुर्‍याउँछ । त्यसैले तपाईंलाई कुनै कुराले मनमा एकदमै पिरोलेको छभने त्यसलाई निरन्तरता नदिनुहोस् । त्यसको समाधान चिन्ता हुन सक्दैन, समय कुर्ने र प्रयास गर्ने राम्रो हुनसक्छ । चिन्ता हाम्रो शत्रु हो, जसले हामीलाई कमजोर पार्दछ ।

No comments:

Post a Comment