सुजुकी कम्पनीको स्वीफ्टा र अल्टो गाडी प्रदर्शन र टेष्ट ड्राइभको आयोजना

    सीजी अटोमोइलको सुजुकी गाडीको आधिकारीक विक्रेता रत्नलक्ष्मी इन्टरनेशनल प्रा.लि. नेपालगन्जले सुर्खेतको बुद्ध चौकमा सुजुकी कम्पनीको स्वीफ्टा र अल्टो गाडी प्रदर्शन र टेष्ट ड्राइभको आयोजना गरेको छ । सो कार्यक्रममा करिव ३० जनाले स्वीफ्टा र अल्टो गाडीको टेष्ट ड्राइभ गरेका थिए । कार्यक्रममा विक्रीमा राखिएको दुवै गाडीमा आकर्षक छुट, नि:शुल्क इन्सुरेन्स र नि:शुल्क वार्षिक सवारी कार उपलब्ध गराइने रत्नलक्ष्मी इन्टरनेशनल प्रा.लि.का दिनेश रजौरेले जनाकारी दिए । सिजी अटोमोवाइल्सका डिलर इन्र्चाज प्रवाशमान शाक्यले यस कम्पनीका गाडीहरु सस्तो बलियो र भरपर्दो हुने दावी गरे । उनले यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि गर्ने प्रतिवद्धता जनाए ।                 तस्विर: सुर्खेतपत्र

No comments:

Post a Comment