सुर्खेतपत्र संवाददाता
सुर्खेत, १२ असार ।
सरकारले मध्यपश्चिम क्षेत्रको क्षेत्रीय सदरमुकाममा इन्जिनियरिङ कलेज सञ्चालन गर्न आवश्यक प्रक्रिया थालेको छ । नेपालकै ठूलो क्षमताको इन्जिनियरिङ कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयले विभिन्न स्थानमा रहेका जग्गाको स्थलगत अध्ययन समेत गरेको थियो ।
कलेज स्थापनाका लागि आवश्यक पर्ने करिब ४० विगाह जग्गाको खोजी गर्न शिक्षा मन्त्रालयले जिल्ला शिक्षा कार्यालय सुर्खेतलाइ आग्रह गरेपछि जिल्ला शिक्षा समितिले विभिन्न स्थानको जग्गा उपलब्ध गराउन सकिने जानकारी गराएको समितिका अध्यक्ष स्थानीय विकास अधिकारी हिरालाल रेग्मीले बताए । उनले सर्वदलीय बैठक गरी सुर्खेतमै इन्जिनियरिङ कलेज स्थापना गर्न जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।सरकारले मध्यपश्चिम क्षेत्रको क्षेत्रीय सदरमुकाममा इन्जिनियरिङ कलेज सञ्चालन गर्न आवश्यक प्रक्रिया थालेको छ । नेपालकै ठूलो क्षमताको इन्जिनियरिङ कलेज सञ्चालनका लागि शिक्षा मन्त्रालयले विभिन्न स्थानमा रहेका जग्गाको स्थलगत अध्ययन समेत गरेको थियो ।
मध्य तथा सुदूरपश्चिम क्षेत्रलाई समेटेर निर्माण गरिने इन्जिनियरिङ कलेजका लागि लाटिकोइलीमा नेपाल ट्रष्टको नाममा रहेको ३४ विगाह जग्गा उपलब्ध गराइदिन ट्रष्टमा अनुरोध गरिएको र छिन्चु–रामघाट स्थित सामुदायिक वन तथा वीरेन्द्रनगर नगरपालिका १ र २ मा पर्ने सामुदायिक वनको जग्गा उपभोक्ता समिति तथा सरोकारवालाहरुले प्रतिवद्धता जनाएका कारण उक्त स्थानका जग्गा उपलब्ध गराउन सकिने जानकारी शिक्षा मन्त्रालयलाई गराइएको शिक्षा समितिका अध्यक्ष रेग्मीले बताए । लाटिकोइलीको चारकुने र सुब्बाकुना बीचमा पर्ने ३४ विगाह जग्गा तत्कालीन राजा वीरेन्द्रको नाममा रहेको थियो ।
उनले एक पटकमा ५ सयदेखि १ हजार जनासम्म इन्जियिनर उत्पादन गर्नसक्ने इन्जिनियरिङ कलेजका लागि जग्गा उपलब्ध भएपछि बैदेशिक सहयोगमा भौतिक पूर्वाधार निर्माण गरिने भन्ने जानकारी पाएको जनाए ।
इन्जिनियरिङ कलेज स्थापना गर्न सम्भावित अध्ययन गर्ने क्रममा शिक्षा मन्त्रालयले दशरथपुरस्थित कृषि केन्द्रलगायत जिल्लाका विभिन्न स्थानमा स्थलगत अध्ययन गरेको जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायले बताए ।
No comments:
Post a Comment