| तुलाराम विष्ट |
पृथ्वीको तापवृद्धि वा त्यसबाट जलवायुमा आएको परिवर्तन त्यसले भविष्यमा विश्व राजनीतिक परिवर्तन र युद्धको खतरासमेत निम्त्याउने तथा त्यसबाट वातावरणीय असन्तुलनहरु पनि देखा पर्दैछन् । त्यो विश्वमा पूँजीवादमा आर्थिक वित्तिय संकटले जलवायु परिवर्तन सम्बन्धि भएका नियम पालना गर्ने कुनै ठोस कानुनी प्रक्रिया नभएको तर भएपनि साम्राज्यवादी राष्ट्रहरुले त्यसलाई लागू गर्न कुनै भूमिका निर्वाह नगरेकाले त्यसको परिणाम मानव जीवन तथा पृथ्वीको अस्तित्वमा पनि संकट उत्पन्न गराउदैछ । भोकमरी, अनावृष्टि–अतिवृष्टि, बाढिपहिरो, भूक्षय, सुख्खा खडेरी यो सबै जलवायु परिवर्तनका तात्कालिन र दिर्घकालिन असरहरु हुन् । विकासको नाममा भइरहेको प्रकृतिसंगको शोषणमा चुनौति थपिरहेका छन् त्यो नाफाको बजारको निम्ति उत्पादनलाई तिव्र बढाएपनि त्यसको कारण हरितगृह ग्याँस उत्सर्जन भइरहेको छ । वायुमण्डलमा थपिदैं भएको कार्वनडाइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, पानीको वाफ लगायतका ग्याँसहरुको मात्राले तापक्रममा बृद्धि भइ जलचक्र नै उत्ताउलो हुनपुग्दछ ।
सूर्यबाट आउने प्रकाशको तापक्रम वायुमण्डलमा रहेका ग्याँसका कारणले पृथ्वीमा नै सोसेर पृथ्वीको औसत तापक्रम वृद्धिले पृथ्वी आवश्यकता भन्दा बढी तातिदै गएको छ । त्यसले जलवायु परिवर्तन भइरहेको छ । औद्योगीकरण र वनविनाश तिव्ररुपले भइरहेकाले पनि वातावरणीय सन्तुलनमा ह्रास आएको छ । जालवायु परिवर्तन तत्कालको विषय होइन त्यो हजारौं वर्षको परिवर्तनको सिर्जित अवस्था हो । यस्तो अवस्थाले विश्वलाई नै प्राकृतिक प्रकोपको खतरातर्फ धकेलिरहेको छ । पृथ्वीको तापक्रमसंगै सामुन्द्रिसतहको तापक्रम पनि वृद्धि भइरहेकोछ जसबाट सामुन्द्रिक सुनामि तथा आधिवेहरीको असर देखापर्दछ । नदी, खोलानाला, हिमालय पग्लने क्रम बढ्दै जाँदा हिमनदिको कारण सामुद्रिक सतहसमेत बृद्धि हुने र त्यसबाट मानववस्ती भएका टापु देशहरु डुब्ने तथा विश्वका अधिकांश मुलुकको अस्तित्व नै समाप्त हुनसक्ने अवस्था देखिन्छ । मौसमचक्रमा आउने परिवर्तनले विश्वमा बसाइसराइको क्रम सुरु हुने तथा सो क्रमसंगै युद्ध र अपराधिक क्रियाकलापले गति पाउनसक्छ । पानी तथा खाद्यका लागि युद्ध हने तर पानीको भण्डार खडेरीमा परिणत हुने अवस्थाले प्रकृतिमाथिको त्यो उपयोग सिमित रहेकाले त्यसले गम्भीर प्रश्नचिन्ह खडा पर्दछ कि पानीको अन्य विकल्प छैन वा हुन्न । कुलो नहरको पानी लाग्ने कृषियोग्य भूमिको आधाप्रतिशत पानीको सा्रोत हिमनदी रहेको र यही प्रक्रियामा हिमाली क्षेत्र भएका वा टापु देशहरुमा हिमतालहरु निर्माण हुँदै विष्फोटको क्रममा जाने होभने पनि त्यसक्षेत्रमा खाद्यसंकट उत्पन्न हुन्छ जसको लोप भएर जाने अवस्था देखिएको छ । यही कारण हावापानी, वासस्थान र आहारमा परिवर्तन ल्याउने समस्याले मानव र वन्यजन्तुलाई प्रत्यक्ष असर परिरहेको छ । यो चिन्ता र डरलाग्दो भविष्यवाणी पराजित गर्न आवश्यक छ । विश्वमा पानीविहीन र खाद्यसंकट निम्त्याउने क्रम बढिरहेको छ त्यो मात्र होइन कृषि उत्पादन बढाउने नाममा विषादी तथा रासायनिक मलको अत्याधिक प्रयोग, सहरीकरण, आणविक शस्त्रअस्त्रको होडवाजि, जनसंख्या वृद्धिसंगै वातावरणीय प्रदुषणले निम्त्याएको नकारात्मक प्रभाव आदिले आर्थिक मन्दिसंगै जलवायु परिवर्तनको प्रभाव एकसाथ झेलिरहेको छ । प्रदुषणरहित वायुमण्डल जनस्वास्थ्य तथा वातावरणका लागि जति लाभदायक छ त्यति नै प्रदुषित वायुमण्डल खतरापूर्ण छ । मानव सभ्यताको विकास संगसंगै आवश्यकता असिमित रहने तथा तिनलाई पूर्ति गर्न साधनसीमित रहेकाले वैकल्पिक प्रयोगको खोजीमा विभिन्न प्राकृतकि प्रयोगमा मानव श्रम खर्च भइरहेको छ त्यसले विकासको परिवर्तनलाई केही सजकता बनाइदिएको छ तर पनि त्यसको भविष्य अस्तित्व संकटमा छ ।
यसले अबको विश्व परिवर्तन जलवायु परिवर्तनसंगै प्रकृतिमाथिको संघर्षमा सन्तुलन राख्न मद्दत गर्ने छैन यसको कारण आज बेमौसमि जलवायु परिवर्तनले ठूलो धनजनको क्षति साथै ठूलाठूला प्राकृतिक विपत्ति निम्त्याइ रहेको छ । पृथ्वीको उत्पत्तिसंगै विभिन्न ग्याँसहरु मिलेर सन्तुलित वायुमण्डल निर्माण भएको अवस्थामा मानवीय क्रियाकलापले त्यसलाई खल्वल्याइदिएको छ ।
पारिस्थितिक प्रणालीका विभिन्न स्तरको असरस्वरुप विभिन्नखाले प्रतिक्रिया हुन्छ । विश्वव्यापी कार्वन क्रेडिट बजार तथा डेविट बजार विकासोन्मुख र विकासित मुलुकको औद्योगिक विकाससंगै युद्धको वाध्यता स्वेच्छिक हुँदैन । तब ध्यान आकृष्ट हुन्छ कि जलवायु परिवर्तनका विरुद्ध जुध्न विश्व पूँजीवादी अर्थव्यवस्था टेकेको साम्राज्यवादी हतकण्डा जलवायु परिवर्तनका निम्ति जिम्मेवार रहेको पुष्टि हुँदै आएकोछ त्यो हैकम युद्धको विषय बनिरहेको छ । तथा पूँजीवादी प्रणालीको अन्त नभएसम्म जलवायु परिवर्तनका चुनौति तथा नयाँ–नयाँ समस्याहरु सही ढंगले समाधान गर्न सकिन्न ।
प्रकृतिको यो शोषणमा लाखौं–कराडौं जनता प्रभावित हुनुमा कुनैपनि मुलुक बाँकी रहेको छैन । औद्यागीक राष्ट्रमा उत्सर्जन करौतिमा प्रमाणिकरणको विधि विविध प्रकारका स्रोतहरु न्यूनिकरण नहुन्जेलसम्म त्यसको अतिरित्त वित्तिय स्रोतसहित सार्वजनिक तथा निजी द्विपक्षीय तथा बहुपक्षिय प्रतिस्पर्धाले युद्ध निम्त्याउन सक्ने सम्भावना अस्वीकार गर्न सकिन्न । मौसमीय वातावरणीय संकट तथा जलवायु परिवर्तनमा जुन चिठ्ठा पारिएको छ त्यसले भविष्यमा विश्वव्यापी रुपमा विभिन्न समस्याहरुले वातावरणीय असन्तुलनसंगै युद्धको खतरासमेत निश्चित प्राय: छ त्यो विश्वयुद्धको व्यथिति साम्य पार्ने कुनै छाँटकाँटको स्पष्ट रुप औपचारिकतामै सीमित रहनेछ ।
No comments:
Post a Comment