सुर्खेत, ३ असार ।
पानी नपरेपछि आक्रान्त बनेका कृषकहरुले आइतवार वीरेन्द्रनगर—४ को भैरव मन्दिरमा पानी माग्दै पूजाअर्चना गरेका छन् । वीरेन्द्रनगर—३, ४ र उत्तरगंगा गाविसका बासिन्दाहरुले भैरव मन्दिरमा भैरव, इन्द्र तथा शिवको पूजाअर्चना गरी पानी मागेका हुन् । असार महिना लागिसक्दा पनि पानी नपरेको र खेती गर्ने समयपनि विस्तारै घट्न थालेपछि चिन्तित भएर पानी माग्नुपरेको स्थानीयहरुले जनाएका छन् । समाजका प्रतिष्ठित एवं पूजारीहरु कृष्णप्रसाद गौतम, पदमलाल गौतम, पदमलाल ढकाल, शिवप्रसाद सापकोटा, नवराज रेग्मी, टिकाराम पौडेल, मोहनप्रसाद उपाध्याय, जयनारायण सापकोटा, देवीलाल लामिछाने तथा लिलाराम गौतमले पूजाअर्चना गर्दै भगवानसंग पानी मागेका थिए ।
मन्दिरमा पानी मागेपछि पर्ने विश्वास गरिएकोले पूजाअर्चना गरिएको स्थानीय हिमलाल गौतमले बताए । विगतका बर्षहरुमा पनि धेरै समयसम्म पानी नपरेपछि सोही मन्दिरमा पूजा अर्चना गर्दै पानी माग्ने गरिएको उनले जनाए । बाजागाजासहित वडा परिक्रमा गरी पूजाआजा सम्पन्न गरिएको थियो । भैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भक्तिप्रसाद सापकोटाको अध्यक्षतामा भएको पूजाअर्चनामा स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । पानी नपरेपछि आक्रान्त बनेका कृषकहरुले आइतवार वीरेन्द्रनगर—४ को भैरव मन्दिरमा पानी माग्दै पूजाअर्चना गरेका छन् । वीरेन्द्रनगर—३, ४ र उत्तरगंगा गाविसका बासिन्दाहरुले भैरव मन्दिरमा भैरव, इन्द्र तथा शिवको पूजाअर्चना गरी पानी मागेका हुन् । असार महिना लागिसक्दा पनि पानी नपरेको र खेती गर्ने समयपनि विस्तारै घट्न थालेपछि चिन्तित भएर पानी माग्नुपरेको स्थानीयहरुले जनाएका छन् । समाजका प्रतिष्ठित एवं पूजारीहरु कृष्णप्रसाद गौतम, पदमलाल गौतम, पदमलाल ढकाल, शिवप्रसाद सापकोटा, नवराज रेग्मी, टिकाराम पौडेल, मोहनप्रसाद उपाध्याय, जयनारायण सापकोटा, देवीलाल लामिछाने तथा लिलाराम गौतमले पूजाअर्चना गर्दै भगवानसंग पानी मागेका थिए ।
असारको महिना लागिसक्दा सुर्खेतमा पानी परेको छैन । पानी नपर्दा विशेषगरी कृषकहरु चिन्तित भएका छन् । यतिखेर वीऊ राखिसकेर रोप्ने तयारी गर्ने अवस्थामा यहाँका कृषकहरुले न मकै लगाउन पाएका छन् न त धानको वीऊ नै राख्न पाएका छन् । पानी नपर्दा खानेपानीको समस्या पनि ज्युँका त्युँ नै रहेको छ । केही दिन अघि वीरेन्द्रनगर—४ कै बालबालिकाहरु साँझको समयमा घरघरमा पानी माग्दै हिंड्ने गरेका थिए ।
No comments:
Post a Comment