सुर्खेत, ३ असार ।
सुर्खेतमा रहेका तीन वटा क्याम्पसको समायोजन नहुँदा मध्यपश्चिम विश्व विद्यालयको काममा ढिलाइ भएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पस, पव्लिक साइन्स क्याम्पस र सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गर्ने काम हुन नसकेकोले विश्वविद्यालयको कामले गति लिन नसकेको मप विश्वविद्यालयले जनाएको छ ।
आइतवार सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वविद्यालयका उपकूलपति प्रा.डा. पदमलाल देवकोटाले समायोजनका लागि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएपनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको बताए । उनले प्रतिवेदन बुझाएको ६ महिना भइसकेको उल्लेख गर्दै आफूले समायोजनलाई पहिलो प्राथमिकतामा राखेको जिकिर गरे । तीन क्याम्पसलाई समायोजन गरेपछि मात्रै अन्य कामले गति लिने विश्वास उनले गरे ।
यसैगरी विश्वविद्यालयका लागि चाहिने दरवन्दी र त्रिभुवन विश्वविद्यालयले पनि मध्यपश्चिम विश्वविद्यालयको कामको गतिलाई रोकेको आरोप उपकूलपति प्रा.डा. देवकोटाले लगाए । विश्वद्यालयले ८ सय ९ दरवन्दी माग गरेको छ । दरवन्दी पूरा भएपछि समायोजन कार्यपनि पूरा हुने उनको भनाइ छ । त्यस्तै त्रिभुवन विश्वविद्यालयको कोर्शले पनि मध्यपश्चिम विश्वविद्यालयको कामलाई अगाडि बढ्न दिएको छैन । सुर्खेतमा रहेका तीन वटा क्याम्पसको समायोजन नहुँदा मध्यपश्चिम विश्व विद्यालयको काममा ढिलाइ भएको छ । वीरेन्द्रनगर बहुमुखी क्याम्पस, पव्लिक साइन्स क्याम्पस र सुर्खेत क्याम्पस शिक्षालाई समायोजन गर्ने काम हुन नसकेकोले विश्वविद्यालयको कामले गति लिन नसकेको मप विश्वविद्यालयले जनाएको छ ।
आइतवार सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी विश्वविद्यालयका उपकूलपति प्रा.डा. पदमलाल देवकोटाले समायोजनका लागि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएपनि अहिलेसम्म कुनै निर्णय हुन नसकेको बताए । उनले प्रतिवेदन बुझाएको ६ महिना भइसकेको उल्लेख गर्दै आफूले समायोजनलाई पहिलो प्राथमिकतामा राखेको जिकिर गरे । तीन क्याम्पसलाई समायोजन गरेपछि मात्रै अन्य कामले गति लिने विश्वास उनले गरे ।
विश्वविद्यालयको टोली अहिले अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम बनाउन लागिपरेको छ । उपकूलपति प्रा.डा. देवकोटाले पाठ्यक्रम निर्माण गर्न आफूहरु तल्लीन भएकोले पाठ्यक्रमले प्रशंसा बटुलिरहेको बताए । अन्तर्राष्ट्रिय सहसम्वन्ध विकासलगायतका राम्रा विषयहरु विश्व विद्यालयले समेटेको उनको भनाइ छ । उनका अनुसार अहिले २५ वटा विषय को पाठ्यक्रम बनाउने काम भइरहेको छ ।
यद्यपि मध्यपश्चिम विश्वविद्यालयको अन्य काममा भने ढिलाइ नभएको उपकूलपति प्रा.डा. देवकोटाले बताए । विज्ञान संकायको लागि वीरेन्द्रनगरको खजुरामा भवन निर्माणको टेण्डर प्रक्रिया सुरु भएको जानकारी उनले दिए । कूल ६ करोडको लागतमा बन्ने भवनको अहिले २ करोड ७१ लाखको टेण्डर भएको छ । त्यस्तै चीन र भारतसंग भवन निर्माणका लागि सहयोग माग गरिएको छ । भारतसंग पूर्वाधार विकासका लागि ८ अर्ब भारुको प्रस्ताव गरिएको छभने चीन सरकारसंग १५ सय सैयाको टिचिङ हस्पिटलको प्रस्ताव गरिएको जानकारी उनले दिए ।
मध्यपश्चिम विश्वविद्यालयले अहिले पञ्चबर्षीय योजनाका साथ काम गरिरहेको छ । मध्यपश्चिम विकास क्षेत्रका १५ जिल्लामा विज्ञान क्याम्पस स्थापना गर्ने र त्यस अन्तर्गत रहने गरी प्रत्येक जिल्लामा ३/३ वटा प्लस टु निर्माण गर्ने योजना उपकूलपति प्रा.डा. देवकोटाले सुनाए । त्यसका लागि पहिलो चरणमा हिमाली जिल्ला, दोस्रो चरणमा पहाडी जिल्ला र तेस्रो चरणमा तराई जिल्लालाई प्राथमिकता दिएको र प्रत्येक चरणका लागि ५६ करोड बजेट बिनियोजन गरिएको छ ।
मप विश्वविद्यालयको टोलीले स्थानीय स्तरमा गठित मूल समितिलाई बेवास्ता गरेको, चन्दाबाट उठेको रकम लिन ढिलाइ गरेको सम्वन्धमा उपकूलपति प्रा.डा. देवकोटाले दुवै पक्ष तयारी अवस्थामा नरहेको बताए । मूलसमिति हस्तान्तरण गर्न तयार नभएको र हामीपनि प्रक्रिया नपुगेका कारण हस्तान्तरण लिन कठिनाइ भएको उनको भनाइ छ । विश्वविद्यालयमा कोष स्थापना हुन नसकेका कारण लिन ढिलाइ भएको बताउँदै उनले तर मूलसमितिलाई भने आफूहरुले बेवास्ता नगरेको दावी गरे ।
मप विश्वविद्यालयका रजिष्ट्रार ठकेन्द्रप्रकाश गिरी, डीनहरु पीताम्बर ढकाल, मस्तबहादुर गरन्जाले मप विश्वविद्यालयको टिम अहिले पाठ्यक्रम बनाउनेलगायतका काममा व्यस्त रहेकोले चुप लागेर नबसेको जिकिर गरे । उनले स्थानीयस्तरमा गठित मूलसमितिलाई आफूहरुले सम्मान गर्ने र प्रक्रिया पुगेपछि आवश्यक सहयोग लिने आश्वासन दिए ।
बाँकी दुई डीनमा गरन्जा र आचार्य
मध्यपश्चिम विश्वविद्यालयको बाँकी रहेको दुई वटा डीनमा मस्तबहादुर गरन्जा र लालमणि आचार्यलाई नियुक्त गरिएको छ । बाँकेका गरन्जालाई व्यवस्थापन संकायका लागि र दाङका आचार्यलाई शिक्षा संकायतर्फको डीनमा नियुक्त गरिएको हो । यसअघि पीताम्बर ढकाललाई मानविकी र डा. केशरसिंह रानालाई विज्ञान संकायको लागि डीनमा नियुक्त गरिएको थियो ।
No comments:
Post a Comment