दैलेख, ३ असार ।
मध्यपश्चिमका अधिकांश किसानले धानको बीऊ राख्न पाएका छैन भने बीऊ राखेकाको पनि व्याडमै सुक्न थालेको छ । खडेरीले पानीका मुहान सुक्न थालेकाले व्याडमै बीऊ सुकेको लागेको हो ।
तर दैलेखका केही भू–भागमा भने खेत नजिकै खोलामा पानीका मुहान भएकोले किसानहरु रोपाई गर्न व्यस्त छन् । खडेरी परेपनि खेत नजिकै पानीको स्रोत भएकाले यहाँका नौमुले, राकमकर्णाली, वेस्तडा रामघाट र छामघाट खोलाका आसपासका खेतमा रोपाई सुरु भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
आकाशे पानीको भरमा खेती गदै आएका किसान भने समयमा वर्षा नभएकाले बीऊ राख्न नपाउँदा खेत बाँझो रहने चिन्तामा छन् । यहाँका अधिकांश पाखाबारीमा किसानले मकै छर्न पाएका छैनन् भने मकै लगाएको पनि सुक्न लागेको सिगौडी गाविसका कृषक नरबहादुर विकले बताए । ‘लेखतिर मकै लगायौं, अवलमा खडेरीका कारण मल गरा फालेका मात्र छौं,’ उनले भने । मूल गरा फालेको महिना दिन वितिसक्दा पनि पानी नपरेकाले कम्पोष्ट मलमा भएको शक्ति नष्ट भएको किसानहरु बताउँछन् ।मध्यपश्चिमका अधिकांश किसानले धानको बीऊ राख्न पाएका छैन भने बीऊ राखेकाको पनि व्याडमै सुक्न थालेको छ । खडेरीले पानीका मुहान सुक्न थालेकाले व्याडमै बीऊ सुकेको लागेको हो ।
तर दैलेखका केही भू–भागमा भने खेत नजिकै खोलामा पानीका मुहान भएकोले किसानहरु रोपाई गर्न व्यस्त छन् । खडेरी परेपनि खेत नजिकै पानीको स्रोत भएकाले यहाँका नौमुले, राकमकर्णाली, वेस्तडा रामघाट र छामघाट खोलाका आसपासका खेतमा रोपाई सुरु भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
उचित समयमा पानी नपरेकाले जिल्लामा भने यो वर्ष मकै उत्पादनमा कमी हुने तिलेपाटा गाविसका कृषक पैल बहादुर कठायतले बताए । ‘पोहोरका वर्ष यतिवेला रोपाईको चटारो नै हुन्थ्यो, यसवर्ष वर्षा नभएकाले मकै समेत लगाउन पाएनौं’ उनले भने । बैशाख अन्तिम साता आएको पानीसंग यहाँको जिल्लामा ८० प्रतिशित मकै लगाइ सकेका छन् भने बाँकी २० प्रतिशत मकै लगाउन बाँकी रहेको कृषि प्रसार अधिकृत सूर्यकुमार थापाले जानकारी दिए ।
जिल्लाको दक्षिण भेगतिर पर्ने जग्गामा लगाएको मकैवालीमा खडेरीका कारण कम उत्पादन हुने र उत्तरी भेग पर्ने जग्गामा लगाएको मकै बालीमा खासै कमी नआउने बताए । जेठको महिना सकिनै लाग्दा गत वर्ष ४५ प्रशित रोपाई सकिसकेका थिए भने यो वर्ष १५ प्रतिशत मात्र रोपाई भएको झण्डै ७० प्रतिशत धान उत्पादनमा कमी आउने कृषि प्रसार अधिकृत थापा भन्छन् ।
No comments:
Post a Comment