सुर्खेत, १ असार ।
एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणि पोख्रेलले संविधानसभाको विघटन सर्वोच्च अदालतले गराएको आरोप लगाएका छन् । संविधानसभाको विघटन माओवादीका कारणले भएको आरोप खेपिरहेका नेता पोख्रेलले सर्वोच्च अदालतले नै हस्तक्षेप गरेको र उसैले विघटन गराएको जिकिर गरे । शुक्रवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा संविधानसभा विघटनको पहिलो दोषी सर्वोच्च अदालत र त्यसपछि अदालतको निर्णयलाई ठीक भन्ने कांग्रेस, एमालेसहित अन्य दलहरु भएको टिप्पणी उनले गरे । सर्वोच्चले न्यायिक हस्तक्षेप गर्दा नै अहिले संक्रमण बढीरहेको बताउँदै सर्वोच्चलाई साथ दिने अन्य दलहरु पनि दोषी रहेको नेता पोख्रेलको भनाइ थियो । संविधानसभा विघटनको दोषी माओवादीलाई लगाउनु त्यो हास्यास्पद मात्रै भएको टिप्प्णी उनले गरे ।
अहिलेको संकटको निकास सहमतिमात्रै भएको बताउँदै नेता पोख्रेलले राजनीतिक सहमति गरेपछि मात्रै निकास सम्भव भएको बताए । मंसिर ७ गते निर्वाचनको मिति तोकिएको अवस्थामा निर्वाचन बाहेक अरु विकल्प अहिलेलाई नदेखिएको उनको तर्क छ । जेठ १४ गतेपछि प्रधानमन्त्री नै सवैभन्दा शक्तिशाली भएको उनले बताए । तोकिएको समयमा संविधान जारी हुन नसक्ने मुख्य कारणमा संघीयता र राज्यको पुनर्संरचना भएको नेता पोख्रेलले जनाए । एमाले र कांग्रेसले सहमतिमा बाधा हालिरहेकोले तोकिएको समयमा संविधान बन्न नसकेको बताउँदै उनले संघीयता र राज्यको पुनर्संरचनामा कुरा नमिल्दा संविधान नबनेको उल्लेख गरे । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणि पोख्रेलले संविधानसभाको विघटन सर्वोच्च अदालतले गराएको आरोप लगाएका छन् । संविधानसभाको विघटन माओवादीका कारणले भएको आरोप खेपिरहेका नेता पोख्रेलले सर्वोच्च अदालतले नै हस्तक्षेप गरेको र उसैले विघटन गराएको जिकिर गरे । शुक्रवार सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा संविधानसभा विघटनको पहिलो दोषी सर्वोच्च अदालत र त्यसपछि अदालतको निर्णयलाई ठीक भन्ने कांग्रेस, एमालेसहित अन्य दलहरु भएको टिप्पणी उनले गरे । सर्वोच्चले न्यायिक हस्तक्षेप गर्दा नै अहिले संक्रमण बढीरहेको बताउँदै सर्वोच्चलाई साथ दिने अन्य दलहरु पनि दोषी रहेको नेता पोख्रेलको भनाइ थियो । संविधानसभा विघटनको दोषी माओवादीलाई लगाउनु त्यो हास्यास्पद मात्रै भएको टिप्प्णी उनले गरे ।
आफ्नो पार्टीभित्रको विवादको वारेमा बोल्दै नेता पोख्रेलले आफ्नै पार्टीको सरकार र प्रधानमन्त्री भएको बेलापनि केही साथीहरु राजीनामा माग्नु विडम्बना भएको जनाए । आफ्नै केही साथीहरुको कदमले कांग्रेस र एमालेलाई फाइदा पुगेको तर्क राख्दै माओवादीमा मात्र नभइ अन्य पार्टीमा पनि संकट देखापरेको तर्क उनले राखे । जेठ १४ पछि राजनीतिक दलहरुवीच धु्रवीकरण भएको उनले स्वीकारे ।
बैद्य पक्ष कांग्रेस एमालेको पिछलग्गु
यसैवीच एनेकपा माओवादी सुर्खेतले शुक्रवार जिल्लास्तरीय प्रशिक्षण दिएको छ । पार्टीका स्थायी समितिका सदस्य लिलामणि पोख्रेलले कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए । उनले बैद्य पक्षधर एमाले र कांग्रेसको पिछलग्गु भएको आरोप लगाउँदै उनीहरुलाई उस्काउने काम गरेको जनाए ।
बैद्य पक्षधरहरु विचारमा अन्तरसंघर्ष नगरी केही व्यक्तिहरुको महत्वकांक्षाको गुठबन्दी भएको उनको भनाइ छ । संविधानभन्दा विघटन अघि कांग्रेसलाई संघीयतामा १० प्रदेशमा उचालेको र संविधान विघटनपछि आलंकारिक राष्ट्रपतिलाई उस्काउने काम वैद्य पक्षहरुले गरिरहेको उनीहरुले सामन्ती निरंकुशता अंगालेको एक जिल्लास्तरीय नेताले बताए । प्रशिक्षण कार्यक्रममा जेठ १४ पछिको अवस्थामा पार्टीको भूमिका, संक्रमणकाललगायत विविध पक्षका बारेमा नेता पोख्रेलले प्रकाश पारेका थिए ।
प्रशिक्षण कार्यक्रमको सभापतित्व भीमबहादुर मल्लले गरेका थिएभने पार्टीका सहइन्चार्ज कृष्ण जिसी, सीता नेपालीले पनि बोलेका थिए । संचालन जीतबहादुर रानाले गरेका थिए ।

No comments:
Post a Comment