दैलेख, ४ असार ।
भारतीय राजदूतावासको आर्थिक सहयोगमा दैलेखको वडाखोला गाविसमा विद्यालय भवन निर्माण गरिएको छ । राजदूतावासको ३ करोड ७१ लाखको लगानी भवन निर्माण गरिएको हो ।
भवनको निर्माण कार्य सम्पन्न भई सकेकोले नवनिर्मित भवन प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर गुरुङलाई कागजपत्र दिएर हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने ‘भवन निर्माण सम्पन्न जस्तै अवस्थामा राखीरहने स्थानीयबासीले विशेष पहल गर्नुपर्छ ।’
जिल्ला विकास समिति दैलेखको वित्तिय व्यवस्थापन र जिल्ला प्राविधिक कार्यालयको दैलेखको प्राविधिक सहयोगमा खानी एपेक्स धुलिखेल जे. भि. कम्पनीले तीन तले १२ कोठे भवन निर्माण गरेको हो । २०६६ माघ महिनामा जिल्ला विकास समितिसंग सम्झौता गरेको जे.भी.कम्पनीले २०६९ बैशाखमा निर्माण कार्य सम्पन्न गरेको छ । कम्पनीले १२ कोठे भवन निर्माण गर्नुका साथै छात्रछात्राका लागि दुई वटा बेग्लाबेग्लै शौचालय भवन समेत बनाएको कम्पनीका प्रतिनिधि अर्जुन चन्दले बताए ।
टिनको छानो मुनि पढ्न वाध्य विद्यार्थीहरु भने सुविधा सम्पन्न भवनमा पढ्न पाउने भएका छन् । घाम र पानी छल्दै पठन पाठन गदै आएका त्यस विद्यालयका विद्यार्थी भने सुविधा सम्पन्न भवनमा पढन् पाउँदा औधि रमाएका छन् ।

No comments:
Post a Comment