सुर्खेत, १५ असार ।
द्वन्द्वपीडित परिवारका लागि कृषि क्षेत्रमा सहयोग पुर्याउन सरकारले द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम सञ्चालन गरेको छ । द्वन्द्वपीडितका लागि कृषि क्षेत्रमा सरकारले सञ्चालन गरेको यो पहिलो कार्यक्रम हो ।
द्वन्द्व प्रभावित व्यक्तिहरु समावेश भएको ११ सदस्यीय निर्वाचन क्षेत्रस्तरी कार्यकारी समितिद्वारा गठित गाविस स्तरीय कार्यकारी उपसमितिले ल्याएको कृषि सम्बन्धी प्रस्ताव स्वीकृत गरी द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रमका आयोजनाहरु सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत चित्रबहादुर रोकायले बताए ।
द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम सञ्चालन गर्नका लागि एक निर्वाचन क्षेत्रमा १३ लाखका दरले ३९ लाख रुपैयाँ बजेट मध्ये स्वीकृत भएका ४० आयोजनाको सम्झौता भई ३३ प्रतिशत रकम ११ लाख ८७ हजार ६ सय भुक्तानी भएको र वाँकी आयोजना पुरा भएपछि भुक्तानी गरिने वाली संरक्षण अधिकृत रोकायले बताए ।द्वन्द्वपीडित परिवारका लागि कृषि क्षेत्रमा सहयोग पुर्याउन सरकारले द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम सञ्चालन गरेको छ । द्वन्द्वपीडितका लागि कृषि क्षेत्रमा सरकारले सञ्चालन गरेको यो पहिलो कार्यक्रम हो ।
द्वन्द्व प्रभावित व्यक्तिहरु समावेश भएको ११ सदस्यीय निर्वाचन क्षेत्रस्तरी कार्यकारी समितिद्वारा गठित गाविस स्तरीय कार्यकारी उपसमितिले ल्याएको कृषि सम्बन्धी प्रस्ताव स्वीकृत गरी द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रमका आयोजनाहरु सञ्चालन गरिएको जिल्ला कृषि विकास कार्यालयका वाली संरक्षण अधिकृत चित्रबहादुर रोकायले बताए ।
द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रम अन्र्तगत स्वीकृत भएका ४० वटा कृषि कार्यक्रमका आयोजनामा सुर्खेत जिल्लाका २ हजार ५ सय ३२ जना द्वन्द्व पिडित सम्लग्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्ला कृषि कार्यालयका अनुसार द्वन्द्व प्रभावित क्षेत्र विशेष कार्यक्रमबाट निर्वाचन क्षेत्र नम्बर १ मा १७ गाविस मध्ये १५ गाविसमा सिंचाई, विऊविजन, औजार, उपकरण लगायत १५ वटा आयोजनामा ८ सय ४६ जना सहभागि रहेका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ का १५ गाविस र नगरपालिकामा तरकारी संकलन केन्द्र, करेसावारी स्थापना, मौरीपालन, मौरी घर, च्याउखेती, व्यवसायीक कृषि खेती जस्ता १० वटा आयोजनामा ७ सय ३७ जना सहभागि रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ का १८ गाविस मध्ये १५ गाविसमा वर्षाको पानी संकलन, टंकी निर्माण, कृषि उपकरण, वेर्ना, सिंचाई, विषादी तथा कृषि प्रविधि तालिम लगायत १५ वटा आयोजना सञ्चालन गरी ९ सय ४९ जना द्वन्द्वपीडित रहेका छन् ।
No comments:
Post a Comment