काठमाडौ, ९ असार ।
प्रधानमन्त्री हुने बित्तिकै स्वदेशमै बनेको गाडी चढे भनेर वाहवाही कमाएका डा. बाबुराम भट्टराईका अहिलेसम्मका गतिबिधिले प्रशंसाभन्दा बढी आलोचना कमाइरहेको छ । तर लोकप्रिय बन्न उनले भरमग्दुर प्रयास गरिरेका छन् । जनतासंग गुनासो सुन्न भनेर उनले ‘हेलो सरकार’ संचालन गरेको धेरै भयो । जनतासंग प्रधानमन्त्री भनेर उनले हरेक महिना रेडियो नेपालबाट प्रत्यक्ष रुपमा नागरिकका पीरमर्का, समस्या र सुझाव पनि सुन्दै आएका छन् ।
तर जम्बो मन्त्रिपरिषद बनाएको, सरकारी खर्च जथाभावी दुरुपयोग गरेको, पूर्व विशिष्टहरुलाई मापदण्ड विपरित सुविधा दिन लागेको भनेर उनीमाथि आलोचना पनि भैरहेको छ । पछिल्लोपटक दलहरुसित सल्लाह नगरी एकतर्फी रुपमा चुनाव घोषणा गरेको भनेर पनि उनीमाथि आरोप लागिरहेको छ ।प्रधानमन्त्री हुने बित्तिकै स्वदेशमै बनेको गाडी चढे भनेर वाहवाही कमाएका डा. बाबुराम भट्टराईका अहिलेसम्मका गतिबिधिले प्रशंसाभन्दा बढी आलोचना कमाइरहेको छ । तर लोकप्रिय बन्न उनले भरमग्दुर प्रयास गरिरेका छन् । जनतासंग गुनासो सुन्न भनेर उनले ‘हेलो सरकार’ संचालन गरेको धेरै भयो । जनतासंग प्रधानमन्त्री भनेर उनले हरेक महिना रेडियो नेपालबाट प्रत्यक्ष रुपमा नागरिकका पीरमर्का, समस्या र सुझाव पनि सुन्दै आएका छन् ।
पछिल्लोपटक प्रशंसाभन्दा बढी आलोचना भोगेका र कामचलाउमा बदलिएका प्रधानमन्त्री भट्टराई अब जनतासंग अन्तरक्रिया गर्न वस्तीवस्तीमा पुग्ने भएका छन् । उनले अब हरेक महिना बिभिन्न जिल्लाका ग्रामीण बस्तीमा पुगेर जनतासंग प्रत्यक्ष अन्तरक्रिया गर्नुहुने उनको निजी सचिवालयले जनाएको छ । ‘संविधान सभामा निर्वाचित भएपछि हरेक महिनामा एक पटक गृह जिल्ला जाने गरेका प्रधानमन्त्रीले संविधानसभा भंग भएपछि यस्तो कार्यक्रम निर्धारण गरेको उनको निजी सचिवालयले जनाएको छ ।
महिनामा एकपटक गाउँ पुगेर त्यहीं बस्ने वस्तीवस्ती गएर जनतासित अन्तरक्रिया गर्ने प्रधानमन्त्रीको कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ । कार्यक्रम अनुसार उनी काठमाडौकै एक गाउँ पुग्नेछन् । केहीबेर जनताको कुरा सुन्नेछन् । आफ्ना कुरा गर्नेछन् र रात त्यहीं बिताउनेछन् । यसरी नै अर्को महिना देशको अर्को जिल्लाको कुनै एक बस्तिमा उनको कार्यक्रम तय हुनेछ । वर्तमान संक्रमणकालीन राजनीति, आर्थिक विकासका मुद्दाहरु लगायतका विषयमा जनतासंग प्रत्यक्ष कुराकानी गरेर सुझाव, समस्या र सम्भावना खोजी गर्ने प्रधानमन्त्रीको योजना छ ।
उनले सम्बन्धित क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नागरिक समाज, समाजसेवी, स्थानीय संघ संस्थाहरुसंग समेत अन्तरक्रिया गर्ने निजी सचिवालयले जनाएको छ । विपक्षी दलहरुले राजीनामाको लागि चर्को दबाब दिइरहेको बेला कामचलाउ सरकारका प्रधानमन्त्री भने चर्चा कमाउने अर्को अभियानमा लागेका छन् ।
No comments:
Post a Comment