विदेशमा दौडिएर मुगुको लागि पाँच लाख संकलन

Bookmark and Share 
(समाचार ऐजेन्सी)
काठमाडौ, ९ असार ।
    स्कटल्याण्डमा बसिरहेका चितवनका चार युवाहरुले म्याराथन दौडेर मुगु जिल्लाको मुर्मा स्वास्थ्य चौकीको लागि पाँच लाख रुपैयाँ (३७०० पाउण्ड) संकलन गरेका छन् । स्कटल्याण्डको राजधानी एडिनब्रामा आयोजित प्रतिष्ठित ‘एडिनब्रा म्याराथन’ (४२.२ कि.मि.) दौडिएर राजेन्द्र रेग्मी, नवीन क्षेत्री, डा. विभु पौडेल र प्रदीप मरहठ्ठाले सहयोग रकम संकलन गरेका हुन् ।
    नेपालमा कतै सहयोग गर्न पाए हुन्थ्यो भनेर उनीहरु पहिले लण्डनस्थित हेल्प नेपालको सम्पर्कमा पुगेका थिए । मुगु स्वास्थ्य परियोजना सहयोगको लागि १ सय ६० जनाले रकम प्रदान गरेका थिए । उनीहरुले १ सय ११ पाउण्डसम्म सहयोग गरेका थिए । सहयोग रकम ‘जस्ट गिभिङ’ वेबसाइटमाबाट सोझै हेल्प नेपालको खातामा पठाइएको थियो ।

No comments:

Post a Comment