धनगढी, ३० जेठ ।
नेपाली समाज निरन्तर परिवर्तन र रूपान्तरणतर्फ उन्मुख भएपनि बिधवा बनेकी सहोदर भाउजुलाई पत्नीका रूपमा स्वीकार गर्ने अनौठो चलन पश्चिम तराईका चौधरी/थारु समुदायमा अझै छ । झण्डै दुई दशक अघिसम्म यो प्रचलन चौधरी/थारु समुदायमा व्यापकरूपमा देखिए पनि त्यसपछि का वर्षमा भने क्रमश: हट्दै गएको थारु समुदायका अगुवाहरू बताउँछन् ।
‘पहिले यो चलन धेरै थियो, तर चेतनामा आएको परिवर्तनसंगै अहिले निकै कमले मात्र आफ्नी सहोदर भाउजुलाई पत्नीको रूपमा स्वीकार्ने गरेको देखिन्छ,’ थारु समुदायका अगुवा नेता लाहुराम चौधरीले भने । थारु समुदायमा रहेको यो प्रचलनकै कारण सहोदर दाजुको विवाहको दिन भाइले कान्छो दुल्हाको रूपमा दुल्हीको घरसम्म पुग्नुपर्ने हुन्थ्यो । कुनै कारणवस दाजुको अकालमै मृत्यु भएमा एक दुई सन्तानसम्म जन्माएकी भाउजुलाई देवरले श्रीमती स्वीकार्नु पर्दथ्यो । नेपाली समाज निरन्तर परिवर्तन र रूपान्तरणतर्फ उन्मुख भएपनि बिधवा बनेकी सहोदर भाउजुलाई पत्नीका रूपमा स्वीकार गर्ने अनौठो चलन पश्चिम तराईका चौधरी/थारु समुदायमा अझै छ । झण्डै दुई दशक अघिसम्म यो प्रचलन चौधरी/थारु समुदायमा व्यापकरूपमा देखिए पनि त्यसपछि का वर्षमा भने क्रमश: हट्दै गएको थारु समुदायका अगुवाहरू बताउँछन् ।
श्रीमान्को निधनपछि बिधवाको जीवन कष्टकर नबनोस् र बिधवाको संरक्षण र रेखदेख पुगोस् भन्ने मनसायका कारण यो समुदायमा यस्तो प्रचलन प्रारम्भ भएको हुनसक्ने थारु अगुवा नेताहरू बताउँछन् । यद्यपि, बिधवा भाउजुलाई पत्नीको रूपमा स्वीकार गर्ने काम दोहोरो सहमतिमा मात्र हुने गर्दथ्यो । खासगरी त्यतिखेरको थारु समुदायमा चेतनाको कमी देखिएकाले त्यसताका यो परम्परा निकै फष्टाएको भए पनि अहिले विस्तारै हट्दै गएको हसुलियाका पतिराम चौधरीले बताए ।
अब भने दाइको मृत्यु भएमा भाउजुलाई देवरले श्रीमती स्वीकार्ने बाध्यता नरहेको उनी बताउँछन् । ‘यस्तो विवाह हुन्छ भनेर आजभोलि मैले सुनेको छैन,’ चौधरीले भने ‘तर, एकदमै नबुझ्ने परिवारमा कहिं कतै यो प्रचलन बाँकी रहेको हुनसक्छ ।’ तत्कालीन विद्रोही माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संघर्षका क्रममा श्रीमान् मारिएका केही शहीद पत्नीले कैलालीमै पनि आफ्ना देवरसंग घरजम गरेर बसेका उदाहरण अझै छन् । तर, त्यसपछिको अवस्थामा यस्तो घटना नसुनिएको थारु समुदायका अगुवाहरू बताउँछन् । बुढापाकाहरूले भाउजु–देवर विवाह प्रथा राम्रो संस्कार भएको दाबी गरेपनि युवापुस्ता भने यो संस्कारको विरुद्धमा देखिन्छन् । ‘पहिलेका पुर्खाले जे गरेपनि अहिले यस्तो संस्कार व्यवहारिक मान्न सकिन्न,’ रतनपुरका भरथरी चौधरी बताउँछन् ।
No comments:
Post a Comment