सर्खेत, १३ असार ।
वीरेन्द्रनगरको एक रेष्टुरेण्टबाट २७ हजार ३ सय ६१ रुपैयाँ नगदसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ स्थित संकल्प रेष्टुरेष्टमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित ७ जना जुवाडेलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
विशेष सुराकीको आधारमा प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा खटिइएको प्रहरील टोलीले सो रेष्टुरेण्टबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जुवा ऐन अन्र्तगत आवश्यक कारबाहीको प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरको एक रेष्टुरेण्टबाट २७ हजार ३ सय ६१ रुपैयाँ नगदसहित ७ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ स्थित संकल्प रेष्टुरेष्टमा जुवा तास खेलिरहेको अवस्थामा नगदसहित ७ जना जुवाडेलाई बुधवार प्रहरीले नियन्त्रणमा लिएको हो ।
No comments:
Post a Comment