जाजरकोट १३ असार
जाजरकोटमा आगामी तीन महिना भित्र चरम खाद्य संकट पर्ने पूर्वानुमान गरिएको छ । जिल्ला स्तरीय खाद्य सुरक्षा अनुगमन कार्यादलद्वारा सार्वजनिक गरिएको जिल्लाको हालको खाद्य सुरक्षाको अवस्था र आगामी तीन महिनाको पूर्वानुमान विषयक एक प्रतिवेदनले उक्त निश्कर्ष निकालेको हो । लामो खडेरीका कारण कृषकले वर्षे वाली समयमा लगाउन नपाएकोले उत्पादनमा ह्रास आउने, यातायातको असुविधाले बजारको पहुँच नहुनु, भौगोलिक विकटता, खाद्यन्न संचितको अवस्था आदिलाई मध्यनजर गर्दै जिल्लाका एक दर्जन बढी गाविसमा चरम खाद्य संकट पर्ने कार्यदलको निश्कर्ष छ । जिल्लाका भगवती, रग्दा, नायकवाडा, सक्ला, रोकायगाउँ, पजारु, गर्खाकोट, अर्छानी, टालेगाउँ, मजकोट, दह, कोर्तालगायतका गाविसमा आउँदो साउन र भदौ महिनामा खाद्य संकट पर्ने सम्भावना रहेको कार्यदलका सदस्य एवं विश्व खाद्य कार्यक्रमका मदनलाल कार्कीले बताए । वर्षातको समयमा यातायात बन्द हुने भएकोले बजारमासमेत खाद्यन्नको आपूर्तीमा समस्या आउँदा जिल्लाका विकट गाविसमा थप समस्या पर्ने जिल्ला स्तरीय खाद्य सुरक्षा कार्यदलले जनाएको छ । जिल्लाका चार स्थानमा रहेका खाद्य डिपोमा चामल नहुँदा जिल्लाको ग्रामीण भेगका बासिन्दा थप मारमा परेका छन् ।

यसैवीच बुधवार बसेको जिल्ला खाद्य सुरक्षा समन्वय समितिको बैठकले आगामी तीन महिना भित्र जिल्लामा चरम खाद्य संकट पर्ने भन्दै सहयोगका लागि कृषि मन्त्रालय, खाद्य संस्थान केन्द्रीय कार्यालय, विश्व खाद्य कार्यक्रम, खाद्य तथा कृषि संगठनलगायतका सरोकारवाला निकायमा आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए । हाल खाद्य संस्थानको जाजरकोट कार्यालयमा १ हजार ४ सय क्वीन्टल चामल मौज्दात रहेको र जिल्लाको आवश्यकतालाई ध्यानमा राखेर थप २ हजार ५ सय क्वीन्टल र डिपोमा ५ सय क्वीन्टलका दरले तत्काल पठाइदिन माग गरिएको प्रजिअ रिजालले बताए । वर्षात ढिलो भएका कारण समयमा मकै नरोप्दा उत्पादनमा ५० प्रतिशत कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment