जुम्ला, १३ असार ।
प्रकृतिको अनुपम उपहारका रूपमा लिइने जुम्लाको तातोपानी धारा समग्र स्वदेशी तथा विदेशी पाहुनाका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । तातोपानी क्षेत्रलाई पर्यटन विकासको केन्द्र बनाउन तथा त्यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्न तातोपानी पर्यटन विकास केन्द्र स्थापना गरिएको छ ।
अहिले दुईवटा ठूला धारा र प्रशस्त मूलहरू रहेको तातोपानी नुहाउन जानेहरूका लागि पर्यटन विकास केन्द्रले तीनजना कर्मचारी राखी शुल्क निर्धारण गरेर टिकट काट्ने व्यवस्था गरेको अध्यक्ष धनबहादुुर बुढाले जानकारी दिए ।
नयाँ व्यवस्था भएपछि तातोपानीमा नुहाउन जाने नजिकको छिमेकी गाविसलाई प्रतिव्यक्ति १० देखि २५ रुपैयाँसम्म लिने गरिन्छ भने अन्य जिल्लाका लागि ५० र विदेशहरूका लागि २ सय ५० देखि ५०० सम्म लिने गरिएको अध्यक्ष बुढाले बताए । प्रकृतिको अनुपम उपहारका रूपमा लिइने जुम्लाको तातोपानी धारा समग्र स्वदेशी तथा विदेशी पाहुनाका लागि आकर्षणको केन्द्रविन्दु बनेको छ । तातोपानी क्षेत्रलाई पर्यटन विकासको केन्द्र बनाउन तथा त्यसको धार्मिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्न तातोपानी पर्यटन विकास केन्द्र स्थापना गरिएको छ ।
अहिले दुईवटा ठूला धारा र प्रशस्त मूलहरू रहेको तातोपानी नुहाउन जानेहरूका लागि पर्यटन विकास केन्द्रले तीनजना कर्मचारी राखी शुल्क निर्धारण गरेर टिकट काट्ने व्यवस्था गरेको अध्यक्ष धनबहादुुर बुढाले जानकारी दिए ।
No comments:
Post a Comment