कपाल काटेको भन्दै पत्रकारको जागीर चट्

    एकजना टेलिभिजन पत्रकारले आफ्नो कपाल काटेर छोटो बनाएको आरोपमा जागीरबाट हटाइन्छ भन्ने कुरा हामीले कल्पना समेत गर्न सक्दैनौं । तर हामीले कल्पना गर्न नसक्ने कुरा मलेसियामा सत्य सावित भएको छ । मलेसियाको एक टेलिभिजन च्यानलले कपाल काटेको आरोपमा आफ्ना एक महिला पत्रकारलाई बर्खास्त गरेको छ । क्यान्सर विरुद्धको जनचेतना अभियानमा साथ दिंदै आफ्नो कपाल छोटो बनाएकी टेलिभिजन प्रस्तोता रास अदिबा मोहम्मद रदजीलाई जागीरबाट हटाइएको हो । मलेसियाको लोकप्रिय टेलिभिजन च्यानल एनटीवी ७ मा कार्यरत रास अदिबाले राष्ट्रिय क्यान्सर काउन्सिलको क्यान्सर जागरुकता अभियानलाई साथ दिंदै गएको शुक्रबार आफ्नो कपाल काटेर छोटो बनाएकी थिइन् ।
    तर उनलाई आफ्नो कपाल छोट्याउनु महंगो सावित भयो । टेलिभिजन व्यवस्थापनले कपाल लामो नहुन्जेल सम्मका लागि उनलाई जागीरबाट हटाएको घोषणा गर्‍यो । कपाल लामो भएपछि फेरी जागीर खान चाहेमा उनलाई पुन: पदस्थापना गर्नेपनि टेलिभिजन व्यवस्थापनले बताएको छ । पीडित पत्रकारले आफूलाई महिलाहरुले कपाल काट्न नहुने फतवा उल्लंघन गरेको भन्दै अज्ञात व्यक्तिहरुले धम्की दिएको पनि बताएकी छिन् । उनले आफूले कपाल काटेर मुस्लिम धर्मो उल्लंघन नगरको दाबी गर्दै आफूले दिनको ५ पटक नवाज पढ्ने र आफूलाई मुस्लिम धर्मप्रति माया रहेको बताएकी छिन् । आफ्ना बुवा क्यान्सरका कारण निधन भएका र काकालाई पनि क्यान्सर भएको र विभिन्न साथीहरु क्यान्सर पीडित भएकाले क्यान्सर विरुद्धको अभियानमा साथ दिन आफूले कपाल काटेको उनको भनाइ छ ।
मा

No comments:

Post a Comment