विश्वको सबैभन्दा ठूलो इन्टरनेट कम्पनीमध्येको एक गुगल अन्तत: ट्याब्लेट मार्केटमा पनि प्रवेश गरेको छ । माइक्रोसफ्टले ट्यावलेट सर्फे सार्वजनिक गरेको केहीदिन पछि नै गुगलले आफ्नो ट्यावलेट नेक्सस ७ लञ्च गरेको हो । बुधबार गुगलले आफ्नो वार्षिक कार्यक्रमका दौरान यो ट्यावलेट सार्वजनिक गर्यो । के के छन् नेक्सस ७ का विशेषता यो ट्याब्लेटको ७ इन्चको स्क्रिन तथा १२८० गुणा ८०० पिक्सल्सको रिजोल्यूसन छ , १.३ गिगाहर्जको टेग्रा प्रोसेसर, १ गिगाबाइट्सको र्याम, ८ गिगाबाइट्स देखि १६ जिबी सम्मको स्टोरेज मेमोरी उपलब्ध । गुगलको यो ट्याब्लेट एन्ड्रोइड अपरेटिङ सफ्टवेयरको लेटेस्ट भर्जन ‘जेली बिन’ बाट चल्छ ।
नेक्सस ८ जीबी मेमरीवाला मोडलको मूल्य १ सय ९९ अमेरिकी डलर तोकिएको छ । एप्पलको आइप्याड तथा अन्य कम्पनीका ट्यावलेटको तुलनामा गुगललको नेक्ससको मूल्य निकै कम मानिएको छ । ट्यावलेट बजारमा गुगलको इन्ट्रिले ट्यावलेट उत्पादकहरुबीच ठूलै प्रतिस्पर्धा हुने पक्का छ । तर ट्यावलेट बजारमा एकाधिकार जस्तै जमाइरहेको एप्पलका लागि गुगलको प्रवेश मुख्य चुनौति भने बन्न नसक्ने विश्लेषकहरुको भनाइ छ । एप्पलको लागि नभएर अमेजनको किन्डल फायर ट्यावलेटका लागि गुगलको इन्ट्रि सबैभन्दा ठूलो चुनौतिको रुपमा लिइएको छ ।

No comments:
Post a Comment