नेपालगन्ज, ३१ जेठ ।
ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिले खानेपानी तथा सरसफाईको माध्यमबाट मुलुकका ७४ जिल्लामा हालसम्म १ हजार ४०० विभिन्न खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरेको छ । समितिका मानव संसाधन प्रमुख टीका अधिकारीका अनुसार, ती जिल्लाहरूका सरोकारवाला सामाजिक संस्थाको सहयोगमा समितिले सञ्चालन गरेको थप ८ सय आयोजना अहिले निर्माणाधीन अवस्थामा रहेका छन् । समुदायको मागअनुसार जीविकोपोर्जन, सामाजिक जागरण, आयोजना बीमा र रेमिट्यान्सलगायतका कार्यक्रम पनि समितिअन्तर्गत सञ्चालन हुँदै आएको छन् ।
जिल्लाका १८ साझेदारी तथा सहयोगी संस्थामार्फत सञ्चालन हुँदै आएको खानेपानी तथा सरसफाई आयोजनालाई थप प्रभावकारी बनाउन समितिले संस्थाका नेतृत्वकर्ता र फिल्ड संयोजकका लागि सामुदायिक योजना तर्जुमा, द्वन्द्व व्यवस्थापन, शिक्षा, स्वास्थ्य तथा सरसफाईसम्बन्धी विधामा तालिमसमेत उपलब्ध गराउँदै आएको जनाइएको छ ।ग्रामीण खानेपानी तथा सरसफाई कोष विकास समितिले खानेपानी तथा सरसफाईको माध्यमबाट मुलुकका ७४ जिल्लामा हालसम्म १ हजार ४०० विभिन्न खानेपानी तथा सरसफाई आयोजना सम्पन्न गरेको छ । समितिका मानव संसाधन प्रमुख टीका अधिकारीका अनुसार, ती जिल्लाहरूका सरोकारवाला सामाजिक संस्थाको सहयोगमा समितिले सञ्चालन गरेको थप ८ सय आयोजना अहिले निर्माणाधीन अवस्थामा रहेका छन् । समुदायको मागअनुसार जीविकोपोर्जन, सामाजिक जागरण, आयोजना बीमा र रेमिट्यान्सलगायतका कार्यक्रम पनि समितिअन्तर्गत सञ्चालन हुँदै आएको छन् ।
यसका साथै समितिले समुदायद्वारा गठित समूहमा आवद्ध महिलाको आयआर्जन, आयोजनाको दिगोपन तथा व्यवस्थापनसम्बन्धी तालिमसमेत दिंदै आएको छ । ‘जनताको मागमा आधारमा सञ्चालन हुने आयोजना जनताले नै निर्माण, सञ्चालन र व्यवस्थापन गर्ने भएकाले आयोजना कार्यक्रम अत्यन्त अत्यन्त दिगो, भरपर्दो, मितव्ययी र प्रभावकारी छ’ मानव संशाधन प्रमुख अधिकारीको भनाइ थियो । यसैबीच, समितिको कार्यक्रमअन्तर्गत सञ्चालित तीन दिने कार्ययोजना, स्वास्थ्य तथा सरसफाई र द्वन्द्व व्यवस्थापन तालिम यहाँ सम्पन्न भयो । मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पश्चिमाञ्चलनका १८ जिल्लाका नै समूहका सरोकारवाला सामाजिक संस्थाका ३२ जनाको सहभागिता रहेको थियो ।
No comments:
Post a Comment