सुर्खेत, ३१ जेठ ।
जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा इलाका स्वास्थ्य केन्द्र लाटिकोइली तथा उपस्वास्थ्य चौकी तातापानीमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थाले प्रदान गरिरहेको सेवकमा तथा गुणस्तरका बारेमा छलफल भएको छ । साथै कार्यक्रमबाट स्वास्थ्य केन्द्रमा एम्बुलेन्स, अभिलेख ब्यवस्थापन, तारजाली, सुरक्षित मातृत्व सेवाको प्रचारप्रसार लगायतका कार्य गर्ने कार्ययोजना समेत बनेको छ । कार्यक्रम असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतका अध्यक्ष हरिप्रसाद अधिकरी र घनश्याम केसी, विन्दु रेग्मीको सहजीकरणमा सम्पन्न भएको हो । जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतको आर्थिक सहयोग तथा असल शासन क्लब जिल्ला समन्वय समिति सुर्खेतको आयोजनामा इलाका स्वास्थ्य केन्द्र लाटिकोइली तथा उपस्वास्थ्य चौकी तातापानीमा सार्वजनिक लेखापरीक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।
No comments:
Post a Comment