सुर्खेत, १२ असार ।
एडभोकेसी फोरम सुर्खेतले हिरासतमा रहेका थुनुवाहरुलाई कानुन व्यवसायी र आफन्तहरुलाई भेट्न नदिएका कारण बढी यातना पाउने गरेको ठहर गरेको छ । एडभोकेसी फोरम सुर्खेतले यातना पीडितहरुका लागि सहयोग दिवसका अवसरमा मंगलवार आयोजना गरेको एक कार्यक्रममा यस्तो ठहर गरेको हो । सुर्खेतमा विभिन्न आरोपमा थुनुवामा परेका महिला पुरुष तथा बालबालिकाहरुमध्ये ६ देखि ७ प्रतिशतले यातना पाएको एडभोकेसी फोरमका अधिवक्ता कृष्णबहादुर हमालले बताएका छन् ।
कुनैपनि आधारमा यातना दिन नपाइने विद्येकको व्यवस्था भएपनि यातना दिने कार्यालय बढ्दो अवस्थामा रहेको उनको जिकिर छ । उनले एक सयभन्दा बढी प्रहरीमा जाहेरी दर्ता भएको पनि सम्वन्धित पीडितले अहिलेसम्म जाहेरी दर्तामा के भइरहेको छ भन्ने जानकारी समेत पाउन नसकेको अवस्था रहेको बताए । एडभोकेसी फोरम सुर्खेतले हिरासतमा रहेका थुनुवाहरुलाई कानुन व्यवसायी र आफन्तहरुलाई भेट्न नदिएका कारण बढी यातना पाउने गरेको ठहर गरेको छ । एडभोकेसी फोरम सुर्खेतले यातना पीडितहरुका लागि सहयोग दिवसका अवसरमा मंगलवार आयोजना गरेको एक कार्यक्रममा यस्तो ठहर गरेको हो । सुर्खेतमा विभिन्न आरोपमा थुनुवामा परेका महिला पुरुष तथा बालबालिकाहरुमध्ये ६ देखि ७ प्रतिशतले यातना पाएको एडभोकेसी फोरमका अधिवक्ता कृष्णबहादुर हमालले बताएका छन् ।
No comments:
Post a Comment