एमालेद्वारा प्रधानमन्त्रीको राजिनामा माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १२ असार ।
    नेकपा एमाले सुर्खेतले संविधानसभाको विघठनपछि काचलाउ प्रधानमन्त्री डा. बाबुराम भट्टराइले राजनीतिक निकासका लागि पदबाट राजिनामा दिनुपर्ने माग गरेको छ । नेकपा एमाले सुर्खेतको मंगलवार बसेको २२ औं सचिवालय वैठकले प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यथासिघ्र राजिनामा दिइ अग्रगामी निकासतर्फ मुलुकलाई अगाडि बढाउन माग गर्ने निर्णय गरेको हो ।
    वर्तमान प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विदेशी शक्ति केन्द्रहरुको आड भरोसा देखाउँदै सत्ता लिप्सामा टाँसिरहेकोले यथासिघ्र राजिनामा माग गरिएको एमाले सुर्खेतले जनाएको छ ।
    यसैगरी जननेता क. मदनकुमार भण्डारीको ६० औं जन्म जयन्ती यही असार १४ गते मदन भण्डारी फाउण्डेसन इकाई सुर्खेतले विभिन्न कार्यक्रम गरी मनाउने निर्णय समेत गरेको छ ।
    संविधान सभाको विघठन पश्चात देशको राजनीतिमा उत्पन्न परिस्थिति र पार्टीको आन्तरिक विषयमा समेत कार्यकर्तालाई प्रशिक्षित गर्नुपर्ने महसुस गरी भेरी अञ्चल कमिटीले यही असार २४ गते वीरेन्द्रनगरमा भेरी अञ्चल स्तरीय प्रशिक्षण भेला सफल पार्ने निर्णय गरेको एमाले सुर्खेतले जनाएको छ ।

No comments:

Post a Comment