कालिकोट, १२ असार ।
जिल्लामा पहिलोपटक गाई फर्मको स्थापना भएको छ । हिमचुली कृषि सहकारी संस्था लि. मान्म–५ कालिकोटले पहिलोपटक जर्सी गाई ल्याएर फर्मको स्थापना गरेको हो । बीस वर्षका लागि चार हजार वर्गमिटर जग्गा भाडामा लिएर गाई फर्मको स्थापना गरिएको हो ।
भैरहवाबाट पाँच दिन लगाएर पाँचवटा गाई शनिबार कालिकोट पुर्याइएको छ । कालिकोटमा एक वर्षअघिदेखि हिमचुली डेरी स्थापना गरेर दूध बिक्री गर्दै आएको सो संस्थाले बजारको मागअनुसारको दूध उपलब्ध नभएपछि आफैं गाई फर्मको सुरुवात गरेको हो । जिल्लामा पहिलोपटक गाई फर्मको स्थापना भएको छ । हिमचुली कृषि सहकारी संस्था लि. मान्म–५ कालिकोटले पहिलोपटक जर्सी गाई ल्याएर फर्मको स्थापना गरेको हो । बीस वर्षका लागि चार हजार वर्गमिटर जग्गा भाडामा लिएर गाई फर्मको स्थापना गरिएको हो ।
भैरहवाबाट कालिकोटमा पुग्दा खरिद, ढुवानी र गोठलगायतको खर्च गरेर पाँचवटा गाईका लागि १५ लाख रुपैयाँ बराबरको लगानी गरिएको संस्थाका अध्यक्ष काशीचन्द्र बरालले बताए ।
No comments:
Post a Comment