झुप्रा खानेपानीको बैकल्पिक स्रोत फेला

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ३१ जेठ ।
    सुर्खेत उपत्यकामा झुप्रा खानेपानी संस्थाले पानी पुर्‍याउन नसकिरहेको बेला बैकल्पिक स्रोत फेला परेको छ । रतु, गर्पन र साटाखानी गाविसको खरिखोला र बोरीखोला दोभानमा उक्त बैकल्पिक स्रोत फेला परेको हो । उक्त दोभानको मुलमा झुप्रा खानेपानी संस्थाका अध्यक्ष कूलमणि देवकोटाको नेतृत्वमा गएको प्राविधिकहरुको एक टोलीले अनुगमनसमेत गरेको छ ।
    उक्त मुहान स्रोतमा ७३ लिटर प्रतिसेकेण्ड पानी रहेको र हाल संचालित करैखोला ट्रिटमेन्ट प्लानेदेखि ८८ मीटर उचाइमा रहेकोले सहजरुपमा उपत्यकामा पानी ल्याउन सकिने संस्थाका अध्यक्ष कूलमणि देवकोटाले बताए । बुधवार गरिएको अनुगमनमा उक्त स्रोतले पानीको अभाव कम गराउन सकिने उनले जनाए ।
    अनुगमनमा अध्यक्ष देवकोटाका साथ क्षेत्रीय खानेपानी कार्यालयका इन्जिनियर दुर्गादत्त खरेल, वीरेन्द्रनगर नगरपालिकाका इन्जिनियर जनकबहादुर शाही, जिविसका प्राविधिक तीर्थबहादुर थापा, झुप्रा खानेपानी संस्थाका सदस्य रामकुमार दर्लामी, स्किम नं. २ का प्रमुख लोकप्रसाद चालिसे संलग्न थिए । बढ्दो खडेरीले उपत्यकामा पानीको अभाव भइरहेका बेला फेला परेको बैकल्पिक स्रोतलाई छिटोभन्दा झुप्रामा समाहित गराउनुपर्ने छ । 

No comments:

Post a Comment