सुर्खेत, ३१ जेठ ।
हात राम्ररी धुनाले आधा रोग घट्ने भनेर सिकाइरहेका बेला सुर्खेतमा भने बास्तविकरुपमा नै ५० प्रतिशत रोग घटेको पाइएको छ । जिल्लाको उत्तरपश्चिम लेखगाउँ गाविसमा हात राम्ररी धुने गर्नाले पानीजन्यबाट लाग्ने ५० प्रतिशत रोगमा कमी आएको हो ।
झाडापखाला, आउँ, टाइफाइडलगायत पानीजन्यबाट लाग्ने रोगमा आधा कम आएको लेखगाउँ स्वास्थ्यचौकीका इन्चार्ज रामप्रसाद भण्डारीले बताए । अघिल्लो बर्ष यसै समयमा मासिक ५० जना जति झाडापखाला लगायतका पानीजन्य हात राम्ररी धुनाले आधा रोग घट्ने भनेर सिकाइरहेका बेला सुर्खेतमा भने बास्तविकरुपमा नै ५० प्रतिशत रोग घटेको पाइएको छ । जिल्लाको उत्तरपश्चिम लेखगाउँ गाविसमा हात राम्ररी धुने गर्नाले पानीजन्यबाट लाग्ने ५० प्रतिशत रोगमा कमी आएको हो ।
रोगका विरामी आउने गरेकोमा यसबर्षको यसै समयमा केवल ५ देखि १० जनामात्रै आएको जानकारी उनले दिए । घरघरमा शौचालय बनाएको र व्यक्तिगत सरसफाईमा ध्यान दिनाले आधा रोग घटेको दावी इन्चार्ज भण्डारीले गरे ।
गत हप्ता लेखगाउँलाई खुला दिसामुक्त गाविसपनि घोषणा गरिएको छ । सधैं पानीको अभाव झेल्ने उक्त गाविसले स्वस्थ र निरोगी रहन खुला दिसामुक्त घोषणा गरेको हो । ९ सय ७३ घरधुरी रहेको उक्त गाविसमा ९३ प्रतिशत पक्की शौचालय बनेका छन् । पानी ल्याउने समय थप भएपनि व्यक्तिगत सरसफाईमा ध्यान दिन थालेको इन्चार्ज भण्डारीले बताए । गाविसले स्वास्थ्य र सरसफाईलाई पनि जोड दिएको छ । खाना खानुअघि र पछि, शौचालय गएपछि हात राम्ररी धुनुपर्छ भन्ने मुख्य सन्देश घरघरमा घरदैलो कार्यक्रममार्फत दिइरहेको उनले जनाए ।
No comments:
Post a Comment