सल्यान, १० असार ।
सल्यानको रीम गाविसलाई राप्ती अञ्चलमै पहिलोपटक धुवाँरहित गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ८ सय १ घरपरिवारले प्रत्येक घरमा धुवाँरहित सुधारिएको चुलो निर्माण गरेर प्रयोग गर्न थालेपछि सो गाविसलाई धुवाँरहित गाविस घोषणा गरिएको हो ।
नवीकरणीय उर्जा सेवा केन्द दाङ र वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्र, उर्जा क्षेत्र सहयोग कार्यक्रमको सहयोगमा सुधारिएको चुलोको प्रयोग गरौं, श्रम र समयको सही सदुपयोग गरौं भन्ने नाराका साथ एक कार्यक्रमबीच उक्त गाविसलाई घोषणा गरिएको हो । दाउरा कम लाग्ने तथा खाना पकाउनसमेत कम समय लाग्ने भएकोले गाविसभरि नै सुधारिएको चुलो निर्माण गरिएको स्थानीय गीता खड्काले बताए । गाविसभरि नै अभियानका रूपमा सुधारिएको चुलो निर्माण गरिएको उनको भनाइ रहेको छ । सल्यानको रीम गाविसलाई राप्ती अञ्चलमै पहिलोपटक धुवाँरहित गाविस घोषणा गरिएको छ । गाविसमा रहेका ८ सय १ घरपरिवारले प्रत्येक घरमा धुवाँरहित सुधारिएको चुलो निर्माण गरेर प्रयोग गर्न थालेपछि सो गाविसलाई धुवाँरहित गाविस घोषणा गरिएको हो ।
गाविसलाई धुवाँरहित घोषणा गर्दा स्थानीय वासिन्दा खुशी भएका छन् । ‘अब जंगलको विनासमा कमी आउने भयो, यसैमा हामीलाई खुशी लागेको छ’ रीम–१ का मदन खड्काले भने । सुधारिएको चुलो निर्माणमा स्थानीयवासीले साथ दिएपछि धुवाँमुक्त गाविस घोषणा गर्न सजिलो भएको उर्जा केन्द्र दाङका अधिकृत सम्पद जमरकट्टेलले बताए । ‘स्वस्थ्य जीवन जिउनका लागि धुवाँरहित घर हुन जरुरी छ त्यही बुझेर सबैले सुधारिएको चुलो बनाएका छन्’ उनले भने ।
हाल जिल्लामा सुधारिएको चुलो प्रयोग गर्नेको संख्या सल्यानमा २० हजार ५ सय ५५ रहेको छभने राप्तीमा ७१ हजार घरधुरी रहेका छन् । सो अवसरमा सुधारिएको चुलो प्रयोग गर्ने डिला महतारा, प्रेमा बुढा र चुलो बनाउन प्रेरणा प्रदान गर्ने मानबहादुर खत्रीलाई सम्मान गरिएको थियो ।
No comments:
Post a Comment