सुर्खेत,१० असार ।
एकीकृत नेकपा माओवादी सुर्खेतका २३ वटा जनवर्गीय संगठनहरुले पार्टी एकताका लागि फुटका विरुद्धमा संयुक्त प्रेश विज्ञप्ति जारी गरेका छन् । उनीहरुले जनयुद्ध, जनआन्दोलन र संविधानसभाबाट स्थापित गरिएका राजनीतिक, सामाजिक ऐजेण्डाहरु, राज्यको पुनर्संरचना, संघीय गणतन्त्र, राजनीतिक स्थायित्व प्राप्त गर्न शासकीय स्वरुप, जनपक्षीय निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयहरु संस्थागत हुन नसकिरहेको अवस्थामा सिंगो पार्टीलाई एकतावद्ध गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
आम कार्यकर्ता सहिद परिवार, घाइते अपांग, वेपत्ता परिवार, शुभचिन्तक, समर्थकलगाएत आम जनसमुदायको चाहना विपरीत यही आसार ५ गते राष्ट्रिय भेला गरी बैद्य समूहले छुट्टै पार्टीको गठनको घोषणा गरेकोमा आपत्ती जनाउँदै यसको खारेजे गर्नुपर्ने र पार्टी एकताको लागि सम्पूर्ण कार्यकर्ताहरुलाई एकजुट हुन र एकताको अभियानमा सहभागि हुन आव्हानसमेत गरेका छन् । एकीकृत नेकपा माओवादी सुर्खेतका २३ वटा जनवर्गीय संगठनहरुले पार्टी एकताका लागि फुटका विरुद्धमा संयुक्त प्रेश विज्ञप्ति जारी गरेका छन् । उनीहरुले जनयुद्ध, जनआन्दोलन र संविधानसभाबाट स्थापित गरिएका राजनीतिक, सामाजिक ऐजेण्डाहरु, राज्यको पुनर्संरचना, संघीय गणतन्त्र, राजनीतिक स्थायित्व प्राप्त गर्न शासकीय स्वरुप, जनपक्षीय निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विषयहरु संस्थागत हुन नसकिरहेको अवस्थामा सिंगो पार्टीलाई एकतावद्ध गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेकोमा जोड दिएका छन् ।
No comments:
Post a Comment