बड र ह्विप्लास निकै मिल्ने खेलाडीहरु हुन् । अमेरिकाको नेभादाको रेनोमा यो जोडीले दर्शकहरुलाई निकै आनन्द प्रदान गर्ने गर्छ । हिल्लासले बडको पिढ्यूँमा चढेर घोडा कुँदाएजस्तो गरी कुदाउँदा उपस्थित सबै मान्छे रोमाञ्चित बन्दछन् । वास्तवमा बड नामको कुकुर र ह्विप्लास नामको बाँदरको यो चर्तिकला विचित्रको छ । बाँदर र कुकुर जातैले एकअर्कालाई देखि नसहने प्राणी हुन् ।
तर बड र ह्विप्लासबीच निकै मित्रता देखिन्छ । यी क्षमतावान कुकुर र बाँदरका मालिक टोमी लुसिया खासगरी बाँदरको खुबै प्रसंशा गर्छन् । उसको घोडचढी क्षमताका उनी प्रसंसक नै हुन् । यद्यपि बाँदरले कुदाउने बड कुकुरको तारिफ नगरीरहन पनि उनी सक्दैनन् । कतिपय जनावरअघिकारकर्मीहरुले बाँदर र कुकुरको प्रयोग गरी देखाइने यस्तो चटकको विरोधपनि गरेका छन् । तर टोमी भने आफूले यी जन्तुलाई पूर्णजनावरअधिकार दिएको दाबी गर्छन् । आफूले उक्त बाँदरलाई सानैमा फ्लोरिडाबाट उद्धार गरेर ल्याएर पालेको उनको भनाइ छ ।

No comments:
Post a Comment