मोबाइल र कम्प्यूटरले मानसिक रोग

    मोबाइल फोन तथा कम्प्यूटरको अत्यधिक प्रयोग गर्ने मानिसमा अनिद्रा, तनाव तथा अन्य मानसिक स्वास्थ्य समस्या देखापर्ने एक अध्ययनले देखाएको छ । स्वीडेनको गोथेनबर्ग विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययनले यस्तो असर युवावर्गमा बढी पर्नेसमेत निष्कर्ष निकालेको छ । शोधकर्ता सारा थोमीका अनुसार प्रविधिको अति प्रयोगले मानिसमा पार्ने नकारात्मक असरको विषयमा जनचेतना आवश्यक रहेको बताइन् । शोधको क्रममा साराको टोलीले मोबाइल फोन र कम्प्यूटरले युवाहरुमा पार्ने मानसिक असरको अध्ययन गरेको थियो । झण्डै ४१ सय जना २० देखि २४ वर्षउमेर समूहका व्यक्तिमा गरिएको अध्ययनका क्रममा सूचना प्रविधिका साधनको अत्यधिक प्रयोग गर्ने ३२ जना युवामा तनाव, निद्राको गडबडी तथा डिप्रेसन लगायतका समस्या पाइयो ।
    शोधकर्ताहरुले मोबाइल फोनको अत्यधिक प्रयोगले युवाहरुमा अनिद्रा तथा डिप्रेसन तथा युवतीहरुमा डिप्रेसनको धेरै समस्या देखिने गरेको बताए । त्यस्तै लामो समयसम्म कम्प्युटरमा बसिरहने युवायुवतीहरुमा पनि तनाव, अनिद्रा तथा डिप्रेसनका समस्या देखापर्ने उनीहरुको भनाइ छ । अझ रातको समयमा कम्प्युटरको बढी प्रयोग गर्नेमा यस्ता समस्या दोब्बर हुने अध्ययनको निष्कर्ष छ । सूचना प्रविधिको साधनको अत्यधिक प्रयोगले पार्ने नकारात्मक असर घटाउन लामो समयसम्म कम्प्युटरमा नबस्ने र बस्नु परेमा बिचमा केही बर फ्रेस हुने तथा मोबाइल फोनमा समेत झुण्डिरहने बानी त्याग्नुपर्ने सुझाव विज्ञहरुको छ ।

No comments:

Post a Comment