इत्राम उच्च मावि ३ बर्षभित्र उत्कृष्ट शैक्षिक केन्द्र बन्ने

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, २ असार ।
    श्रीकृष्ण संस्कृत तथा साधारण उच्च मावि इत्रामलाई आगामी ३ बर्षभित्रै मध्यपश्चिम क्षेत्रकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिवद्धता गरिएको छ । अनुगमनमा आएको शिक्षा विभागको एक टोलीका सामु विद्यालयका प्राचार्य गेहेन्द्रप्रसाद दहालले सो प्रतिवद्धता गरेका हुन् ।
    उच्च मावि इत्रामलाई शिक्षा विभागले यस बर्षका लागि मध्य तथा सुदूरपश्चिम विकास क्षेत्रको शैक्षिक पर्यटन केन्द्रको रुपमा छनौट गरेपछि विभागको टोली उक्त विद्यालय अनुगमन गर्न शनिवार आएको थियो । टोलीसमक्ष विद्यालयले विगतको अवस्था, वर्तमान अवस्था र भावी रणनीति वारेमा अवगत गराएको थियो ।
    उच्च माविका प्राचार्य दहालले विद्यालय यसबर्षको उत्कृष्ट परीक्षा केन्द्रको रुपमा पुरस्कृत भएको जानकारी दिदैं आगामी दिनमा संस्थाप्रति विश्वास जगाउने काम गरिने जनाए । उनले नेपालका ८ वटा मध्ये उक्त विद्यालय मध्य र सुदूरपश्चिम क्षेत्रबाट शैक्षिक पर्यटन केन्द्रमा छनौट भएपछि ५० हजार प्राप्त गर्न सफल भएको बताए । विद्यालयलाई केन्द्रबाट साथ र सहयोग निरन्तर रहनुपर्नेमा उनले जोड दिएका थिए ।  उनले विद्यालयलाई यस बर्षका लागि शैक्षिक पर्यटन केन्द्रको रुपमा छानेकोमा धन्यवाद दिएका थिए ।
    यता टोलीले विद्यालयमा गुणस्तरीय शिक्षालाई कायमै राख्न सुझाव दिदैं सहयोग र साथ रहने आश्वासन दिएका थिए । शिक्षा विभागका उपनिर्देशक रामशरण सापकोटाको नेतृत्वमा आएको २३ सदस्यीय टोलीमा विभागकै उपसचिवहरु रामशरण खकुरेल, जनार्दन नेपाल, विदुरराज गिरी, नेपाल राष्टिूय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष बाबुराम अधिकारी, शैक्षिक गणतान्त्रिक मंचका निवर्तमान अध्यक्ष शंकर ढकाललगायत थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीधर पौड्यालको सभापतित्वमा विद्यालयमा उक्त टोलीलाई स्वागतसमेत गरिएको थियो ।

No comments:

Post a Comment