भवन पुनर्निर्माणमा चासो नदिएको कैदीहरूको गुनासो

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रोल्पा, ११ असार ।
    जिल्ला कारागार रोल्पाको भवन जीर्ण बन्दै गएको छ । भवन जीर्ण बन्दै गएपछि बन्दीहरूको अवस्था दयनीय बनेको छ । विसं २०३० भन्दा पहिले निर्माण भएको भवन पुनर्निर्माणमा सरोकारवाला निकायको ध्यान नपुग्दा भवन जीर्ण अवस्थामा पुगेको हो ।
    भवन जीर्ण बनेपछि वर्षाको समयमा पानी चुहिने बन्दीहरूले गुनासो गरेका छन् । ५० जना क्षमता रहेको जिल्ला कारागार रोल्पामा अहिले ६३ जना बन्दी रहेका छन् । ३५ पुरुष र १५ महिला राख्न मिल्ने कारागारमा अहिले ५७ पुरुष र ६ महिला बन्दी छन् । क्षमताभन्दा बढी बन्दी रहेपछि खानेपानी, शौचालय र बस्ने कोठाको समस्या भएको जेलर विमल पटेलले बताए । कैदी बस्ने कोठाको अभाव भएपछि एउटै कोठामा पनि आवश्यकताभन्दा बढी राख्न बाध्य भएको पटेलले बताए ।
    कारागारको अवस्थाबारे माथिल्लो निकायमा जानकारी गराउँदासमेत पुनर्निर्माणमा कसैले चासो नदिएको गुनासो पटेलले गरे । हाल कारागारमा कर्तव्य ज्यान, चोरी डकैती, जवरजस्ती करणी, लागुऔषध ओसारपोसार, कुटपिट, गर्भपतनलगायतको कसुरमा परेका कैदी रहेका छन् ।

No comments:

Post a Comment