‘अहिले राजिनामा दिनु भनेको माघ १९ निम्त्याउनु हो’

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
काठमाडौं, ११ असार ।
    प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीको जिम्मेवारी भनेको बच्चाको खेलौना जस्तो नभएकाले कसैले भन्दैमा पद छाड्ने र कसैले भन्दैमा बस्ने कुरा ‘बालहठ’ जस्तै हुने बताएका छन् । ब्राजिलको रियो सम्मेलनबाट सोमबार अपरान्ह फिरेका प्रधानमन्त्री भट्टराईले अडिग स्वरमा ‘अर्को संविधानसभाको निर्वाचन परिणाम नआइन्जेल यही सरकार कायम रहने’ बताए ।
    ‘अहिले आफूले राजिनामा दिएमा मुलुकमा ठूलो संवैधानिक संकट आउने र त्यसपछिको परिस्थिति माघ १९ जस्तै हुन जाने छ, ‘संवाददाताहरुमाझ प्रधानमन्त्रीले भने, ‘मेरो सरकारको विकल्प छैन ।’ सर्वोच्च अदालतको फैसलाका कारण स्वत: विघठन भएको संविधानसभामा शान्ति र संविधानको प्रक्रिया जहाँ पुगेर अड्किएको छ, सहमति आधारमा त्यहींबाट अघि बढाउनु जरुरी रहेको समेत उनले बताए ।
    ‘प्रधानमन्त्री तपाई कहिले राजिनामा दिने भनेर बालहठजस्तो प्रश्न मलाई नगर्नुहोस्,’ उनले भने, ‘सबै कुरा बुझेर पनि नबुझेजस्तो गर्नको अर्थछैन ।’
    आफूसंग भएको भेटमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहदेखि राष्ट्रसंघीय महासचिव बान–कि मुनसम्मले यो सरकारले शान्ति संविधानमा देखाएको प्रतिबद्धताको सराहना गरेको बताउँदै भट्टराईले बरु सम्भव भएमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने भएपनि आफूले राजिनामा दिने भनेर कहिल्यै नभनेको अडान राखे ।


No comments:

Post a Comment