शैक्षिक संस्था बढ्दै, गुणस्तर घट्दै

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, १० असार ।
    गुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले जोड दिएका छन् । मध्यपश्चिम क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेतले आइतवार वीरेन्द्रनगरमा आयोजना गरेको गुणस्तरीय शिक्षा प्रवाहमा प्रधानाध्यापक, शिक्षक, अभिभावक र संचारमाध्यमको भूमिका विषक अन्तरक्रियाका सहभागीहरुले यस्तो बताएका हुन् ।
    शिक्षा क्षेत्रमा काम गर्ने जनशक्ति अवसरको पाएको खण्डमा अन्यत्र जाने गरेकाले शिक्षाको गुणस्तर बृद्धि हुन नसकेको उनीहरुले ठहर छ । विद्यालयमा बढ्दो राजनीतिका कारण गुणस्तरीय शिक्षा प्रभावित भएकाले विद्यालय क्षेत्रमा राजनीति रोक्नुपर्ने शिक्षा ऐनमा व्यवस्था गरिनुपर्ने उनीहरुको तर्क छ । कार्याक्रममा मध्यपश्चिममाञ्चल विश्वविद्यालय सुर्खेतका डीन पीताम्बर ढकालले नेपालमा दिन प्रति दिन शैक्षिक संस्थाको विस्तार हुँदै गएपनि गुणस्तर बृद्धिमा भने कमजोर रहेको बताए ।         शैक्षिक संस्था, संलग्न विद्यार्थी संख्या र गुणस्तरका वीच असन्तुलन रहेको उनको जिकिर छ । राम्रो सुविधा र सुविधाजनक काम प्राप्त नहोउन्जेलसम्म रोजगारीको मूल विसौनी शैक्षिक संस्था बनेकाले पनि गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको उनको ठम्याइ छ । शिक्षाको गुणस्तर सुधार अघिको अवस्था र पछिको अवस्थाका सम्वन्धमा तुलनात्मक अध्ययन गरेर सरोकारवालको जानकारीका लागि प्रकाशनमा ल्याउनुपर्ने उनकाले बताए ।
    यसैगरी क्षेत्रीय हुलाक निर्देशनालय सुर्खेतका शाख अधिकृत हितप्रसाद पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न स्थानीय समझदारी र प्रतिवद्धता कायम गरी स्वच्छ पर्यावरण बनाउनुपर्ने विद्यालया सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ, आयव्ययको सार्वजनिकीकरण गरी उच्च उपलब्धि हासिल गरेका प्रधानाध्यापकलाई सूचकका आधारमा हौसला बढाउन प्रोत्सहान कार्यक्रम ल्याउनेलगायतका सुझाव दिएको छ । क्षेत्रिय प्रशासन कार्यालय सुर्खेतका निमित्त प्रशासक सूर्यबहादुर खत्रीले शिक्षाको गुणस्तर मापन गर्न न्युनतम विषयवस्तु राख्नु पर्ने बताए । मप क्षेत्रिय शिक्षा निर्देशनालय सुर्खेतका निर्देशक निरा शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

No comments:

Post a Comment