सुर्खेत, १० असार ।
जन उच्च माध्यामिक विद्यालयले आफ्नो ६१ औं वार्षिक उत्सवको अवसर पारेर आइतबार १२ जनालाई सम्मान गरेको छ । विद्यालयका पूर्व प्रधानअध्यापक कृष्णबहादुर रेग्मी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोतिप्रसाद सापकोटा, पूर्व सदस्य जहरसिंह थापा, पूर्व कर्मचारी पदमबहादुर थापालाई सम्मान गरिएको हो । यसैगरी पूर्व शिक्षक घनश्याम ज्ञवाली, पूर्व विद्यार्थी दीपा हमाल, जग्गादाता मानबहादुर खड्का, आदर्श अभिभावक लोकबहादुर र दुर्गा खत्रीलाई पनि यसै अवसरमा सम्मान गरिएको छ । यसैगरी एसएलसीमा विशिष्ट श्रेणी ल्याउने रोहित दाहाल र प्रमिला सुवेदीलाई पनि सम्मान गरिएको छ ।
यसै अवसरमा रामकुमारी थापाले आफ्ना बुवा स्वर्गीय सर्वजीत थापा र आमा इन्द्रादेवीका नाममा ५० हजार १ सय १ रुपैयाँको छात्रवृत्ति घोषणा गरेका छन् । विद्यालयमा पढ्ने एकल महिलाका सन्ततिमध्ये गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिइने बताइएको छ । प्रधानअध्यापक यामबहादुर श्रेष्ठले विद्यालयको आगामी कार्ययोजना सहितको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । व्यवस्थापन समितिका अध्यक्ष देवकुमार सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी हिरालाल रेग्मी, क्षेत्रीय शिक्षा निर्देशक नीरा शाक्य, जिल्ला शिक्षा अधिकारी रामप्रसाद उपाध्यायलगायतले भनाइ राखेका थिए ।जन उच्च माध्यामिक विद्यालयले आफ्नो ६१ औं वार्षिक उत्सवको अवसर पारेर आइतबार १२ जनालाई सम्मान गरेको छ । विद्यालयका पूर्व प्रधानअध्यापक कृष्णबहादुर रेग्मी, व्यवस्थापन समितिका पूर्व अध्यक्ष मोतिप्रसाद सापकोटा, पूर्व सदस्य जहरसिंह थापा, पूर्व कर्मचारी पदमबहादुर थापालाई सम्मान गरिएको हो । यसैगरी पूर्व शिक्षक घनश्याम ज्ञवाली, पूर्व विद्यार्थी दीपा हमाल, जग्गादाता मानबहादुर खड्का, आदर्श अभिभावक लोकबहादुर र दुर्गा खत्रीलाई पनि यसै अवसरमा सम्मान गरिएको छ । यसैगरी एसएलसीमा विशिष्ट श्रेणी ल्याउने रोहित दाहाल र प्रमिला सुवेदीलाई पनि सम्मान गरिएको छ ।
No comments:
Post a Comment