सुर्खेत, १० असार ।
लामो खडेरीका कारण समयमै वर्षा नहुँदा रोपाई गर्ने वेला सुर्खेतका किसानले धानको वीऊ राख्न समेत पाएका छैनन् । खडेरीले खोला सुकेपछि सिंचाई हुने क्षेत्रका किसानले रोपाईं सक्ने वोला विऊ राख्न समस्या परेको हो । सिंचाई हुने क्षेत्रमा धान रोपि सकिन्थ्यो, खोलामा पानी सुकेपछि अहिले किसानले वीऊ राख्न पाएका छैनन्, जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक यामलाल गिरीले भने, ‘पानी राम्रोसंग परेकै छैन्, वीऊ राख्नै समस्या भएको छ ।’
हरेक वर्ष पानी ढिलो पर्ने गरेको भएपनि यस वर्ष भने विगत दुई दशकपछिको लामो खडेरीले पानी नपर्दा धान उत्पादनमा भण्डै ५० प्रतिशतले कम हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक गिरीले बताए । उनले भने, ‘समयमै पानी नपर्दा उत्पादन आधा घट्ने अवस्था छ ।’लामो खडेरीका कारण समयमै वर्षा नहुँदा रोपाई गर्ने वेला सुर्खेतका किसानले धानको वीऊ राख्न समेत पाएका छैनन् । खडेरीले खोला सुकेपछि सिंचाई हुने क्षेत्रका किसानले रोपाईं सक्ने वोला विऊ राख्न समस्या परेको हो । सिंचाई हुने क्षेत्रमा धान रोपि सकिन्थ्यो, खोलामा पानी सुकेपछि अहिले किसानले वीऊ राख्न पाएका छैनन्, जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक यामलाल गिरीले भने, ‘पानी राम्रोसंग परेकै छैन्, वीऊ राख्नै समस्या भएको छ ।’
सिंचाई कुलो लाग्ने क्षेत्रमा २० प्रतिशत खेतमा रोपार्इं हुने अवस्था भएपनि यस वर्ष अहिलेसम्म ३ प्रतिशतमा रोपाईं भएको र करिब २० प्रतिशतमा वीऊ राखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आकाशे पानीको भरमा खेती हुने स्थानमा वीऊ समेत किसानले राख्न पाएका छैनन् ।
मुठी छरेर मुरी फलाउने वेला असार महिनामा आधा भागमा रोपाईं सकिने अवस्थामा वीऊ राख्न नपाएपछि विगत वर्षमा खाद्यान्न उत्पादनमा बचत हुने सुर्खेतमा आउने वर्ष खाद्यान्न संकट हुने अनुमान गरिएको छ ।
गत वर्ष जिल्लामा ४ हजार १ सय १८ मेट्रिकटन खाद्यान्न बचत थियो । सुर्खेतमा १४ हजार ६ सय हेक्टरमा धान खेती हुने गरेको छ । पानी नपर्दा धान वीऊ राख्न मात्र होइन मकै छर्न समेत पाएका छैनन् । सुख्खा मौसमका कारण ७५ प्रतिशत बारीमा मकै छर्न वाँकी रहेको र छरेका २५ प्रतिशत मकै काम नलाग्ने अवस्थामा पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । १६ हजार एक सय हेक्टरमा मकै खेती हुने गरेको छ ।
No comments:
Post a Comment