दैलेख, ५ असार ।
जिल्लाको सदरमुकामसंगै जोडिएको कालभैरव गाविसमा दलित सत्यनारायण पूजा लगाएकै कारण गैरदलितले घरमा तोडफोड गरेका छन् । कालभैरव गाविस वडा नं. ५ निवासी नैंनसिंह विकले नयाँ घर निर्माणपछि भगवानको सत्यनारायणको पूजा लगाएकै कारण उनको घरमा तोडफोड गरिएको हो । सोमबार साँझ सत्यनारायणको पूजामा भजन कृतन गरिरहेको अवस्थामा अध्याधिक मदिरा सेवन गरी आएका कालभैंरव–७, तोराया गाउँका मनोज शाही, कालभैरव–३, का ज्ञानमणी थापा, अशोक थापा, कालभैरव–२ का शैलेश सिंह लगायतका १०/१२ जनाको समूहले नैंनसिह विकको घर तोडफोड गरेका हुन् ।
भजन कृर्तन गरिरहेका महिलाहरु माथि समेत अपशब्द वोल्न थाले पछि नैनसिंह विकको घर नजिकै रहेका भाई नाता पर्ने गोपाल बिकले भजन कृतन चलिरहेको ठाउँमा किन यस्तो गरेको भनी सम्झाउन खोज्दा गोपालको घरको झ्याल तोडफोड गर्नुका साथै घरको पातामा समेत ढुंगा प्रहार गरी क्षति पुर्याएका छन्भने गोठमा बाँधिएका गाई भैसीको दाम्लो फुकाई मकैबारीमा छोडि नष्ट वनाएको नैनसिंह विकले बताए । ‘मकैमात्र नष्ट पारेनन् हजुर ५ वोट सुन्तला पनि उखलेर फाली दिए,’ उनले भने । जिल्लाको सदरमुकामसंगै जोडिएको कालभैरव गाविसमा दलित सत्यनारायण पूजा लगाएकै कारण गैरदलितले घरमा तोडफोड गरेका छन् । कालभैरव गाविस वडा नं. ५ निवासी नैंनसिंह विकले नयाँ घर निर्माणपछि भगवानको सत्यनारायणको पूजा लगाएकै कारण उनको घरमा तोडफोड गरिएको हो । सोमबार साँझ सत्यनारायणको पूजामा भजन कृतन गरिरहेको अवस्थामा अध्याधिक मदिरा सेवन गरी आएका कालभैंरव–७, तोराया गाउँका मनोज शाही, कालभैरव–३, का ज्ञानमणी थापा, अशोक थापा, कालभैरव–२ का शैलेश सिंह लगायतका १०/१२ जनाको समूहले नैंनसिह विकको घर तोडफोड गरेका हुन् ।
दलित भएर पनि भगवानको पूजा गर्ने भन्दै गोपालको पत्नी गीता बिकलाई हातपात गर्नुका साथै तथानाम गाली गलौज गरेको पीडित गीता विकले बताइन् । अधिकारकर्मी वा प्रहरी प्रशासनलाई खबर गरेमा ज्यान समेत लिने धक्की दिएको उनले बताइन् । पीडित पक्षले दोषिलाई कडा कार्वाहीको माग राख्दै पीडित पक्षले मंगलबार जिल्ला प्रहरी कार्यालयमा कानुनी न्यायको लागि निवेदन दर्ता गराएका छन्भने निवेदन दिए लगतै पक्राउ गर्न प्रहरी पठाएको प्रहरी निरीक्षक इन्द्र सुवेदीले बताए ।
No comments:
Post a Comment