शिक्षक अन्दोलन दमनको प्रतिवेदन सार्वजनिक गर्न माग

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
सुर्खेत, ९ असार ।
    नेपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतको २९ औं जिल्ला परिषद्ले विभिन्न १३ वुँदे प्रस्ताव परित गरेको छ । संगठनले शनिवार पत्रकार सम्मेलन गरी शैक्षिक अन्दोलनका घाइते शिक्षकहरुको औषधि उपचारको खर्चको भुक्तानी र शिक्षकमाथि भएको प्रहरी हस्तक्षेप सम्वन्धमा छानविन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिकको मागसहित १३ वुँदे प्रस्ताव परित गरेको जनाएको छ । शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्यायले शिक्षकहरुले आफ्ना माग राख्दै शान्तिपूर्ण आन्दोलनमा घाइते शिक्षकहरुको उपचारमा भएको खर्च रकम अझै भुक्तानी नदिएको बताए ।
    जिल्ला शिक्षा कार्यालय सुर्खेतले घाइतेहरुको उपचारमा भएको खर्च भुक्तानी गर्नुपर्ने भएपनि कार्यालयले तत्परता नदेखाएको उनको जिकिर छ । यसवर्षको एसएलसी परीक्षाको नतिजा कम आएकाले आगामी दिनहरुमा परीक्षाको नतिजा उत्कृष्ट बनाउन सवै शिक्षक संघसंगठनसंग छलफल गरी व्यवस्थित गर्न पहल गर्ने उनले बताए ।
    यसैगरी शिक्षक युनियन सुर्खेतका अध्यक्ष धनसिंह खड्काले शिक्षक अन्दोनलको निष्पक्ष छानविन हुने आशामा बस्दावस्दै पनि समितिले प्रतिवेदन सार्वजनिक नगरेको प्रति आपत्ति जनाए । उनले युनियनको परिषद् हुनुभन्दा अगाडि एकपटक प्रशासनसंग छलफल गर्ने र चित्त बुझ्दो जवाफ नआए परिषद्बाट थप दवावमुलक आन्दोलनको निर्णय गर्ने बताए । संगठनको परिषद्ले शैक्षिक स्तर सुदृढका लागि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, प्रधानाध्यापक, अभिभावक, स्थानीय राजनीतिक दलका वीच अन्तक्रिया संचालन गर्ने, विभिन्न बाहानमा षड्यन्त्र पूर्वक लगाम तथा बजेडिचौरको घटनामा सार्वजनिक मुद्दा लगाइएका घोर भत्र्सना गर्नुकासाथै मुद्दा खारेजीको माग, २०६८ चैत २ मा शिक्षकका पेशागत संस्था र सरकारवीच भएको सम्झौता अविलम्व कार्यान्वयनका लागि माग, विद्यालय शान्ति क्षेत्रको प्रस्तावलाई वास्तविक रुपमै कार्यान्वयनका लागि सरोकारवालाहरुमा आव्हान गर्ने, म्याद सकिएका विद्यालय
व्यवस्थापन समितिको तत्काल पुनर्गठन तथा लामो समयसम्म शिक्षक शिक्तताको अन्त्य गर्न तथा दरवन्दी मिलान सम्वन्धमा जिल्लामा शिक्षकका संस्थाहरुसंग भएको नीतिगत सहमतिलाई कार्यान्यनका लागि माग, मध्यपश्चिम विश्वविद्यालयका गतिविधिहरु स्थानीयस्तरका राजनीतिक दल, शिक्षक, वुद्धिजिवी र आम जनसुमदायका भावनाको आकांक्षा अनुरुप नदेखिएकोले आफ्नो कार्यशैलीमा सुधार गर्न विश्वविद्यालयका उपकूलपति तथा पदाधिकारीहरुमा आग्रह गर्नेलगायतका प्रस्ताव पारित गरेको छ ।
    कार्यक्रम नपाल राष्ट्रिय शिक्षक संगठन सुर्खेतका अध्यक्ष शिवप्रसाद उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment