दैलेख, १५ असार ।
बारीमा उत्पादन गरिएको तरकारी विक्री वितरण गर्ने संकलन केन्द्र नहँुदा तोलीजैसी लकान्द्रका कृषकले समस्या झेल्दै आएका छन् । उनीहरुले उत्पादन गरेका तरकारीले मूल्य पाउँदैन कि भन्ने चिन्ता पनि लाग्ने गरेको कृषक कलमबहादुर शाहीले बताए । तरकारीले राम्रो मूल्य पाउनलाई डोकोमा बोकेर टाढा लिनुपर्ने भएकोले संकलन केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।
संघ संस्थाले तरकारी उत्पादन गरे बजारको जोहो गरिदिने भनेपछि कृषकहरुले वारीमा तरकारी फलाए तर बजारभन्दा संकलन केन्द्रसमेत बनाउन कुनै पहल नगरेको उनको गुनासो छ । संकलन केन्द्र भएदिएमा सबैले तरकारी खेती गर्ने उनले बताए । तोलीजैसी र लकान्द्र गाविसका कृषकलाई ठाँटिकाँध बजारमा संकलन केन्द्रको उचित व्यवस्था भए राहत हुने देखिन्छ । यसैगरी लकान्द्र–५ की मोती कला विष्टले व्यवासयिक तरकाकारी खेती गरेपछि मनग्य आम्दानी गर्न थालिएकी छन् । केही वर्ष अगाडिसम्म उनका परिवारले एक छाक रोटी खाएर दिन गुजार गर्नु परेको थियो भने अहिले व्यवसायिक तरकारी खेती गर्न थालेपछि साहुबाट लिएको ऋणसमेत तिर्न सफल भएका छन् । विष्टले व्यवसायिक तरकारी खेती गरेपछि कामको खोजीमा विदेश गएका आफ्ना श्रीमान्लाई समेत स्वदेश फर्काएकी छिन् । बारीमा उत्पादन गरिएको तरकारी विक्री वितरण गर्ने संकलन केन्द्र नहँुदा तोलीजैसी लकान्द्रका कृषकले समस्या झेल्दै आएका छन् । उनीहरुले उत्पादन गरेका तरकारीले मूल्य पाउँदैन कि भन्ने चिन्ता पनि लाग्ने गरेको कृषक कलमबहादुर शाहीले बताए । तरकारीले राम्रो मूल्य पाउनलाई डोकोमा बोकेर टाढा लिनुपर्ने भएकोले संकलन केन्द्रको आवश्यकता रहेको उनको भनाइ छ ।
चारवर्ष यताभने विष्ट परिवार व्यावसायिक तरकारी खेतीमा रमाउने गरेका छन् । केही वर्षअघि मोतीकला विष्ट करेसाबारीसमेत नछाडेर गहुँ, मकै र तमाखु लगाउने गर्छिन् । आजभोली करेसाबारी मात्र नभइ गहँु उव्जाउने ठूलाठूला गरामा थरिथरिका तरकारीले हराभरा पारिएका छन् । विदेशबाट घर फर्किएका उनका श्रीमान् मानबहादुर विष्ट पनि श्रीमतीले तरकारी खेती गरेको देखेर दंग मात्र परेन्न आफूसमेत तरकारी खेतीतिरै आकर्षित भएका छन् । सेरीपाटा सामुदायिक संस्थाकी सदस्यसमेत रहेकी मोतिकलाले भनिन् ‘सबैले बाख्रापालनका लागि ऋण लिए मैले मात्रै तरकारी खेती गर्न पैसा मागे ।’
No comments:
Post a Comment