नेपालगन्ज, ३ असार ।
सशस्त्र द्वन्द्वका समयमा १७ हजार ८ सयको मृत्यु भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय, राहत तथा पुनर्निर्माण एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन् । मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तक्र्रियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८ सय ९३ जनालाई रु. १ लाखका दरले प्रदान गरिएको जानकारी दिए ।
उनले द्वन्द्वका समयमा मारिएका तत्कालीन शाही नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले पहिले नै रु. सात लाखका दरले राहत पाइसकेकाले ९ हजारका परिवारलाई रु. २ लाखका दरले राहत प्रदान गरिएको उल्लेख गरे । सरकारले विशेष कार्यक्रम ल्याएर मृतकका परिवारलाई थप रु. दुई लाख दिएका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सो सुविधा नपाएको पनि मन्त्रालयले जनाएको छ । सशस्त्र द्वन्द्वका समयमा १७ हजार ८ सयको मृत्यु भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालय, राहत तथा पुनर्निर्माण एकाइका प्रमुख गणेशप्रसाद उपाध्यायले जानकारी दिएका छन् । मध्यपश्चिमस्तरीय द्वन्द्वपीडित तथा प्रभावितलाई प्रदान गरिएको राहतसम्बन्धी नेपालगन्जमा आयोजित अन्तक्र्रियामा एकाइका प्रमुख उपाध्यायले मृत्यु भएकामध्ये १३ हजार ८ सय ९३ जनालाई रु. १ लाखका दरले प्रदान गरिएको जानकारी दिए ।
No comments:
Post a Comment