सुर्खेत (खजुरा), ७ असार ।
सरकारले ग्रामीण विद्युतीकरणलाई जोड दिइरहेका बेला सुर्खेतको घोरेटा गाविसका बासिन्दाले आफ्नै लगानीमा घरघरमा सोलार राखेका छन् । घोरेटा गाविस–१ का लुकई, रजेना–२ को टाटे, सुन्तोला गाविस–३, ४ र ५ घोरेटा तथा वडा नं. ६, ७, ८ र ९ गान्द्राका अधिकांश घरका छानामा अहिले सोलार प्यानलहरू देख्न पाइन्छ । छिन्चुदेखि जाजरकोटसम्मको विद्युत विस्तारका लागि पोलहरू गाडिए पनि विद्युत प्राधिकरणले लाइन नदिएपछि बिजुलीको आशामा बसेका स्थानीय बासिन्दाले अहिले आफ्नै लगानीमा घरघरमा सोलार जडान गरी गाउँनै झिलीमिली बनाएका हुन् । बीस वाटको सोलारको मूल्य रु. १३ हजार २ सय ५० पर्दछ । सरकारले ग्रामीण विद्युतीकरणलाई प्राथमिकता दिने बताएपछि छिट्टै उज्यालो देख्न पाइएला भन्ने आशामा बसेका स्थानीयवासी अहिले भने आफ्नै लगानीले जोडेको सोलार वैकल्पिक ऊर्जाको दीर्घकालीन स्रोत भएको बताउँछन् ।
निम्नआय भएका उपभोक्ताले आफ्नै लगानीमा उज्यालोका लागि सोलार किनेर जोडेपछि उनीहरू पनि खुसी भएका छन् । अहिले प्रत्येक घरमा कम्तीमा दुई/दुईवटा बल्ब जडान गरिएपछि उनीहरूलाई न लोडसेडिङको चिन्ता छ न त आध्यारोको नै । यता बिजुली बत्ती पुग्न नसकेका कारण सो क्षेत्रका बासिन्दा अँध्यारोमा बस्नुपर्ने बाध्यता रहेको छभने तारमात्र झुन्डयाइएका बिजुलीका पोलहरू ठिंग गाडेर विद्युत प्राधिकरणले स्थानीयवासीलाई जिस्काइरहेको छ । सरकारले ग्रामीण विद्युतीकरणलाई जोड दिइरहेका बेला सुर्खेतको घोरेटा गाविसका बासिन्दाले आफ्नै लगानीमा घरघरमा सोलार राखेका छन् । घोरेटा गाविस–१ का लुकई, रजेना–२ को टाटे, सुन्तोला गाविस–३, ४ र ५ घोरेटा तथा वडा नं. ६, ७, ८ र ९ गान्द्राका अधिकांश घरका छानामा अहिले सोलार प्यानलहरू देख्न पाइन्छ । छिन्चुदेखि जाजरकोटसम्मको विद्युत विस्तारका लागि पोलहरू गाडिए पनि विद्युत प्राधिकरणले लाइन नदिएपछि बिजुलीको आशामा बसेका स्थानीय बासिन्दाले अहिले आफ्नै लगानीमा घरघरमा सोलार जडान गरी गाउँनै झिलीमिली बनाएका हुन् । बीस वाटको सोलारको मूल्य रु. १३ हजार २ सय ५० पर्दछ । सरकारले ग्रामीण विद्युतीकरणलाई प्राथमिकता दिने बताएपछि छिट्टै उज्यालो देख्न पाइएला भन्ने आशामा बसेका स्थानीयवासी अहिले भने आफ्नै लगानीले जोडेको सोलार वैकल्पिक ऊर्जाको दीर्घकालीन स्रोत भएको बताउँछन् ।
बिजुली पुर्याउन भन्दै गाडिएका विद्युतका पोलहरू बिजुलीका लागि प्रयोग नभए पनि कैयौं पोल गाउँका कुला र नाला तर्नका लागि राम्रै उपयोग भइरहेका छन् भने कैयौं पोल ढलेर नष्ट भइसकेका स्थानीयवासी बताउँछन् । विकासको पूर्वाधार खडा गर्ने खोक्रो आश्वासन दिई चुनाव जितेका नेताहरू र सरकारले बिजुली पुर्याउने कुनै छाँटकाँट नदेखेपछि स्थानीयवासीले आफ्नै पहलमा घरघरमा सोलार जडान गरेको स्थानीय पदम शाहीले बताए ।
सदरमुकाम वीरेन्द्रनगरदेखि टाढा र विकट रहेको यस क्षेत्रमा राजनीतिक चहलपहल निर्वाचनको बेलामात्र हुने गरेको तर अरू बेला नेताहरूको उपस्थिति शून्य हुने गरेका कारण बिजुली बत्ती र बाटोघाटोको काम हुन नसकेको शाही बताउँछन् । यता सरकारले बिजुली विस्तार गरिदेला र ढुक्कसंग बत्ती बाल्न पाइएला भनेर आशा गरेका पश्चिम सुर्खेतको कुनाथरी गाविसका बासिन्दाले पनि सामुदायिक वनको कमाइले घरघरमा सोलार राखेका छन् । कुनाथरी गाविस–९ कुिम्भकोटको भैरवस्थान सामुदायिक वनले सूर्योदय ऊर्जासंग समन्वय गरी किस्ताबन्दीमा विद्युत सेवा नपुगेका क्षेत्रका आफ्ना ५५ घर उपभोक्तालाई सोलार वितरण गरेको हो । बढीमा चार किस्तासम्ममा सोलारको रकम उपभोक्ताले तिर्नुपर्दछ । गत असोजदेखि आफ्नो कम्पनीसंग समन्वय गरी किस्ताबन्दीमा वनले आफ्ना उपभोक्तालाई सोलार वितरण गरेको सूर्योदय ऊर्जाका अध्यक्ष अमरबहादुर वलीले बताए ।
निम्नआय भएका उपभोक्ताले आफैंले हुर्काएको सामुदायिक वनबाट सहुलियत रूपमा सोलार पाएपछि उनीहरू पनि खुसी भएका छन् । स्थानीय भीमबहादुर रानाले तत्काल आफूले गर्न नसकेको काम सामुदायिक वनको सहायताले गर्न सकिएकामा खुसी लागेको बताए । अहिले प्रत्येक घरमा कम्तीमा दुई/दुईवटा बल्ब जडान गरिएपछि उनीहरूलाई न लोडसेडिङको चिन्ता छ न त अँध्यारोको नै ।
सामुदायिक वनको आम्दानीले सोलारमा मात्र नभई गाउँकै प्रावि कुिम्भकोटका लागि चारजना शिक्षकको तलबपनि व्यहोरिएको रानाले बताए । उनका अनुसार तीन वर्षदेखि ती शिक्षकको तलब वनले व्यहोर्दै आएको छ । २०५७ सालमा समुदायमा हस्तान्तरण भएको सो वनले खानेपानी, विद्यालय र सिंचाइमा पनि सक्दो सहयोग गरेको छ ।
No comments:
Post a Comment