सुर्खेत, ११ असार ।
वीरेन्द्रनगरमा सोमबार भएको एक कार्यक्रमका सहभागीले बजार अनुगमनलाई जारी राख्नुपर्ने सुझाव दिएका छन् । खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आयोजना गरेको कार्यक्रमका सहभागीले चाडपर्वका बेला मात्र बजार अनुगमन हुँदा अरु बेला उपभोक्ता ठगिन सक्ने भन्दै यस्तो सुुझाव दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बजार अनुगमन जारी राख्ने प्रतिवद्धता जनाउँदै, मिसावट, कालोबजारी र कृत्रिम अभाव गर्ने व्यापारीलाई कारवाही गर्ने बताए ।
उपभोक्ता अधिकार मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा वयकले व्यापारीहरुले नाफा कमाउनकै लागि अनेकन बहानामा उपभोक्तालाई ठग्नसक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएका छन् । वीरेन्द्रनगरमा सोमबार भएको एक कार्यक्रमका सहभागीले बजार अनुगमनलाई जारी राख्नुपर्ने सुझाव दिएका छन् । खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जले आयोजना गरेको कार्यक्रमका सहभागीले चाडपर्वका बेला मात्र बजार अनुगमन हुँदा अरु बेला उपभोक्ता ठगिन सक्ने भन्दै यस्तो सुुझाव दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बजार अनुगमन जारी राख्ने प्रतिवद्धता जनाउँदै, मिसावट, कालोबजारी र कृत्रिम अभाव गर्ने व्यापारीलाई कारवाही गर्ने बताए ।
No comments:
Post a Comment