खोलामा डुबेर महिलाको मृत्यु

Bookmark and Share 
सुर्खेतपत्र संवाददाता 
रोल्पा, ३ असार ।
    माछा मार्ने क्रममा शनिबार रोल्पाको माडी खोलामा डुबेर एक महिलाको मृत्यु भएको छ । वर्षमा एकपटक खोलामा राखिने मैनरी खेल्दै गर्दा ह्वामा–९ रिस्वाङ निवासी १९ वर्षीया सपना विकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
माछा मार्दै गर्दा खोलामा डुबेर बेहोस भएपछि उपचारका लागि जिल्ला अस्पताल रेउघा ल्याउँदै गर्दा बाटोमै उनको मृत्यु भएको बताइएको छ । उनीसंगै खोलामा माछा मार्न गएका उनकी सासू, जेठानी र जेठाजुले उनलाई मृत अवस्थामा देखेका थिए ।

No comments:

Post a Comment